बैशाख ११, २०८१
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
पुस २१, २०७९
उत्तरी अफ्रिकामा रहेको साहेल क्षेत्रमा विगत केही महिनायता फ्रान्सविरोधी लहर देखिन थालेको छ ।
साहेल क्षेत्रमा बुर्किना फासो, क्यामरून, चाड, द गाम्बिया, गिनी मौरिटानिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, माली, नाइजर, नाइजेरिया र सेनेगल पर्छन् । यीमध्ये कतिपय देशलाई फ्रान्सले ईसाको बीसौं शताब्दीसम्म उपनिवेश बनाएको थियो ।
फ्रान्सले साहेललाई आफ्नो प्रभावक्षेत्र मान्दै हेपेर फ्रान्साफ्रिक भन्ने गरेको छ । उसले त्यहाँको मुद्रामा पनि नियन्त्रण गर्ने गरेको छ । सन् २०१९ को डिसेम्बर अघिसम्म त्यहाँको मुद्रालाई सीएफए फ्रान्क भनिन्थ्यो भने अहिले त्यसलाई इको भनिन्छ ।
फ्रान्सविरोधी ताजा घटनाको कुरा गर्नुपर्दा बुर्किना फासोले सोमवार (जनवरी २) मा फ्रान्सेली राजदूतलाई निष्काशन गरेको छ । एक वर्षअघि मालीले पनि फ्रान्सेली राजदूतलाई देशनिकाला गरेको थियो ।
ती दुवै देशमा इस्लामी अतिवादीहरूले ध्वंसात्मक क्रियाकलाप गर्दै आइरहेका छन् । उनीहरूको त्यो गतिविधि रोक्नका लागि फ्रान्सले आफ्ना सैनिकहरू त्यहाँ तैनाथ गरेको छ । तर फ्रान्सेली सैनिकहरूले आतंकवादी क्रियाकलाप रोक्न नसकेको भन्दै अफ्रिकी नेताहरू रिसाएका छन् ।
मालीमा शासन चलाएका इस्लामी अतिवादीहरूलाई हटाउनका लागि फ्रान्सले सन् २०१३ मा सेना परिचालन गरेको थियो । त्यसपछि फ्रान्सेली सैनिकहरू त्यतै बस्न थालेका थिए । तर जिहादीहरूका विरुद्ध फ्रान्सेली सेनाले सार्थक सफलता पाउन नसकेको भनी माली र बुर्किना फासोमा जनआक्रोश बढिरहेको छ ।
ती दुवै देशमा सैनिक जुन्ताले शासन चलाइरहेका छन् । जुन्तासँगको सम्बन्धमा तिक्तता आएपछि फ्रान्सेली सैनिकहरू पोहोर साल मालीबाट हटेका थिए । अनि गत नोभेम्बर महिनामा माली सरकारले फ्रान्सको लगानी रहेका गैरसरकारी संस्थाहरूमाथि प्रतिबन्ध समेत लगाएको थियो ।
ती संस्थाहरूले मालीमा सत्ताविरोधी भावना फैलाउन अनि आतंकवादीहरूलाई तालिम दिनका लागि गतिविधि गरिरहेको आरोप लगाउँदै प्रतिबन्ध लगाइएको हो । आतंकवादीहरूसँग लड्ने बहानामा साहेलमा बसिरहेका फ्रान्सेली सैनिकले फ्रान्सका विभिन्न कम्पनीहरूलाई प्राकृतिक स्रोतको अवैध दोहन गर्न सघाइरहेको आरोप पनि छ ।
बुर्किना फासोमा चाहिँ अहिले पनि फ्रान्सका विशेष सैन्यबलका सयौं सैनिक तैनाथ छन् तर तिनलाई हटाउनुपर्ने माग स्थानीयहरूले गरिरहेका छन् । जिहादीसँग लड्नका लागि बसेका फ्रान्सेली सैनिकले तिनलाई रोक्न नसकेको अनि फ्रान्सेली राजदूतले नागरिकहरूलाई अशान्त कोउदोउगोउ शहरबाट राजधानी औआगादोउगोउमा सर्नका लागि पत्र पठाएको भन्दै बुर्किना फासोवासीहरू आक्रोशित भएका हुन् ।
माली र बुर्किना फासोले रुससँग सम्बन्ध विस्तार गरिरहँदा फ्रान्ससँग तिक्तता बढेको फ्रान्सेली पत्रिका ल मोँद लेख्छ । विशेषगरी गत सेप्टेम्बर महिनामा क्याप्टेन इब्राहिम ट्रोओरले सत्ताकब्जा गरेपछि रुस लगायत अन्य मुलुकसँग सहकार्य बढाउन खोजिरहेका छन् ।
गत डिसेम्बर महिनामा बुर्किना फासोका प्रधानमन्त्री अपोलिनेयर योआखिम कीलेम दे टाम्बेलाले रुसको भ्रमण गरेर सम्बन्ध सुदृढ बनाउने अनि साहेल क्षेत्रमा सक्रिय आतंकवादीहरूका विरुद्ध लड्ने प्रयासमा हातेमालो गर्ने सहमति गरेका थिए ।
रुसले यसरी साहेल क्षेत्रका मुलुकसँग सम्बन्ध विस्तार गर्दै सुरक्षा सहायतामा चासो देखाएपछि फ्रान्स मुर्मुरिएको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोंले अफ्रिकीहरूलाई रुस, चीन र टर्की लगायतका मुलुकहरूले फ्रान्सविरोधी बनाइरहेको बयान गत अगस्ट महिनामा दिएका थिए । अफ्रिकीहरूले म्याक्रोंको यो बयान जातिद्वेषी भएको भनी आलोचना गरेका थिए ।
अझैसम्म पनि उपनिवेशवादी सोच राख्दै फ्रान्सले अफ्रिकीहरूलाई हेपाहा व्यवहार देखाएका कारण साहेल क्षेत्रमा फ्रान्सविरोधी लहर देखिएको यथार्थ हो । यस विषयमा लाइडन विश्वविद्यालयको अफ्रिकन स्टडीज सेन्टरका एक वरिष्ठ अनुसन्धाता रहमान इद्रिसाले ल मोँद पत्रिकामा सन् २०२१ को डिसेम्बरमा फ्रान्सेली भाषामा (गूगल ट्रान्सलेसन गरी पढ्दा) एउटा महत्त्वपूर्ण आलेख प्रकाशित गरेका छन् ।
उनका अनुसार, फ्रान्सले साहेल क्षेत्रमा आधा शताब्दीसम्म विभिन्न सैन्य हस्तक्षेपमा लगानी गरिरहेको छ अनि त्यहाँका स्थानीयले मन नपराएका शासकहरूलाई जोगाउने काम गरिरहेको छ ।
त्यसो त फ्रान्सलाई राजनीतिक चुनौती तेर्स्याउने अफ्रिकी नेताहरूको हत्यामा फ्रान्सेलीहरू पनि मतियार बनेका उदाहरण छन् । सन् १९८७ मा बुर्किना फासोका टमस संकरा र कोते दभोर अर्थात् आइभरी कोस्टका लरेन्ट गबाग्बोलाई सन् २०११ मा गरिएको हत्यामा फ्रान्सेली संलग्नताका प्रमाण पाइन्छन् ।
त्यससँगै जिहादीहरूविरुद्धको लडाइँमा फ्रान्सले कुनै सफलता नपाउँदा स्थानीयहरूलाई फ्रान्सेली परियोजनाको औचित्य समाप्त भएको अनुभूति हुन थालेको छ ।
सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ जिहादीहरूका विरुद्ध साहेल क्षेत्रका सैन्य शासक आफैंले जनतालाई परिचालन गर्न नसक्दा फ्रान्सविरोधी लहरमार्फत जनआक्रोशको व्यवस्थापन गर्न पाएका छन् । इद्रिसाका अनुसार, उक्त क्षेत्रबाट फ्रान्स हटे पनि जिहादी संकट अन्त्य हुने छैन तर आतंकवादीहरूको कब्जामा केही भूभाग रहे पनि फ्रान्सेलीहरूलाई निकाल्दा जनताले सार्वभौम स्वतन्त्रताको अनुभव गर्न पाउनेछन् ।
यही स्वतन्त्रताको अनुभव पनि साहेल क्षेत्रका मानिसलाई ठूलो कुरा हुन पुगेको छ । उनीहरू दशकौंअघिको उपनिवेशको रूपान्तरित निरन्तरताको पक्षमा छैनन् । रुसले उनीहरूसँग उपनिवेशवादविरुद्धको संघर्षमा एक्यबद्धता जनाएकाले पनि उनीहरू रुसप्रति आकर्षित भइरहेको देखिन्छ ।
गत जुलाई महिनामा रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले चार अफ्रिकी मुलुकहरूको भ्रमण गर्ने क्रममा अफ्रिकालाई उपनिवेशमुक्त बनाउनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । परराष्ट्र मन्त्रालयको वेबसाइटमा प्रकाशित उनको आलेखमा उल्लेख भएअनुसार, रुसले अफ्रिकी मुलुकहरूको सार्वभौमसत्तालाई उच्च सम्मान दिएको छ र अफ्रिकाको विकासको मार्ग तय गर्ने उनीहरूको अहरणीय अधिकार छ ।
अफ्रिकी समस्याको अफ्रिकी समाधानप्रति आफूहरू सुदृढ रूपमा प्रतिबद्ध रहेको पनि लाभरोभले लेखे । उनको यो प्रतिबद्धता फ्रान्सको अभिमानी दृष्टिकोणको विपरीत छ ।
तर आफ्नो प्रभावक्षेत्रमा रुसले अतिक्रमण गरेको निष्कर्ष निकाल्दै फ्रान्सले रुसविरोधी प्रचारबाजी पनि शुरू गरेको छ । एक्सियोस डट्कममा डेभ ललरले गत अक्टोबर १४ मा ‘इन्साइड द फ्रेन्च इफोर्ट टु काउन्टर रसियन मर्सिनेरीज इन अफ्रिका’ शीर्षकको लेखमा यस प्रचारबाजीको विस्तृत विवरण दिएका छन् ।
उनका अनुसार, सबै फ्रान्सविरोधी भावनाका लागि रुसलाई दोष दिने, रुसको वाग्नर समूहले फ्रान्सविरोधी भावना उक्साइरहेको आरोप लगाउने, त्यस समूहमा लोभी युद्ध अपराधीहरूको दबदबा रहेको भन्ने, फ्रान्सको सैन्य विवादलाई धेरै महत्त्व नदिने र अफ्रिकामा फ्रान्सले गरेको लगानीलाई जोड दिएर प्रस्तुत गर्ने रणनीति फ्रान्सले अपनाएको छ ।
वाग्नर समूहका २४ सय भाडाका सैनिकहरू अफ्रिकामा रहेको फ्रान्सले अनुमान गरेको ललर लेख्छन् । उनीहरू विशेषगरी माली र सेन्ट्रल अफ्रिकन रिपब्लिकमा रहेको फ्रान्सेलीहरूको भनाइ छ । यी दुवै मुलुकले रुसलाई रोज्दै फ्रान्ससँगको सम्बन्ध तोडेका छन् ।
यस प्रकरणबाट के सिद्ध हुन्छ भने आफूले विगतमा उपनिवेश बनाएको अनि अहिले पनि सैन्य तथा आर्थिक हस्तक्षेप गरिरहेको अफ्रिकी मुलुकहरूमा फ्रान्सको पकड क्रमशः कमजोर बन्दै गएको छ । यसरी प्रभाव घट्दै जाँदा आफूलाई अपूरणीय भूरणनीतिक क्षति पुग्ने भएकाले फ्रान्स आत्तिएको हो । यसलाई एक किसिमले विगतको शीतयुद्धमा जस्तै दुई विपरीत ध्रुवले प्रभाव विस्तारका लागि गरिरहेको दौडका रूपमा पनि हेर्न सकिन्छ ।
विश्व व्यवस्थाले गरिरहेको बहुध्रुवीयतातर्फको यात्राका क्रममा अफ्रिकाले नवउपनिवेशवादलाई अस्वीकार गर्दै रणनीतिक स्वायत्तताको अडान राख्नु सुखद विकास हो ।
पश्चिमको एकध्रुवीय प्रभुत्वका विपरीत रुससँगको सम्बन्ध नतोडी (उल्टो, युक्रेनका जेलेन्स्कीलाई बेवास्ता गरी) अफ्रिकीहरूले आफ्नो स्वतन्त्रताको आकांक्षालाई विश्व मञ्चमा सुदृढताका साथ प्रस्तुत गरेका छन् । उनीहरूलाई अझै पनि आफ्नो प्रभावक्षेत्र अन्तर्गतका निरीह मुलुकका रूपमा व्यवहार गर्ने फ्रान्सको प्रयास विफल हुने सुनिश्चित छ ।
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...