०५ साउन २०८३, मंगलबार

हिमालयन बैंकको सात शाखामा रिसाइक्लर मेशिन सेवा

हिमालयन बैंकको सात शाखामा रिसाइक्लर मेशिन सेवा

हिमालयन बैंक लिमिटेडले ग्राहकको सहजताका लागि विभिन्न शाखामा क्यास रिसाइक्लर मेशिन (सीआरएम) सञ्चालनमा ल्याएको छ । बैंकले अहिले सात वटा सीआरएम केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगञ्ज शाखा, न्यूरोड, पाटन, भरतपुर र भैरहवा शाखामा राखी सेवा प्रदान गरिरहेको सो बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शितल कोइरालाले बताए ।

यो मेशिनको सहयोगबाट ग्राहकले कुनै पनि शाखाबाट सजिलै पैसा झिक्न र जम्मा गर्न सक्ने कोइरालाले बताए । सीआरएमको संख्या आवश्यकताअनुसार थप्दैजाने बैंकले जनाएको छ । यो मेशिनबाट विना एटीएम कार्ड सिधै खाता नम्बरमा प्रविष्ट गरी पैसा जम्मा गर्न सकिने कोइरालले बताए ।

बैंकले नेपालभरी कुल ७४ शाखा, ६ विस्तारित काउन्टर, १६० एटीएम र ६ हजार भन्दा बढी पीओएस टर्मिनल्सबाट सवा प्रदान गर्दैआएको छ । 

salt training

कमेन्ट गर्नुहोस्