०३ साउन २०८३, आइतबार

'शिवम‍्सँग उपहार टन्न' योजनाको पहिलो चरणको लक्की-ड्र सकियो

'शिवम‍्सँग उपहार टन्न' योजनाको पहिलो चरणको लक्की-ड्र सकियो

शिवम् सिमेन्टको 'शिवम‍्सँग उपहार टन्न' उपहार योजनाको मासिक लक्की ड्रअन्तर्गत पहिलो महिनाको (उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना) विजेताहरूको नाम लक्की-ड्रमार्फत सार्वजनिक गरिएको छ। ​

शिवम् सिमेन्टले मंसिर १८ गते देखि नेपालकै सर्वाधिक धनराशिको यो उपहार योजना सार्वजनिक गरेको थियो। जसअन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले हातखाली नहुने एउटा स्क्र्याच कुपन प्राप्त गरी २०० देखि ५०० रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो।

सोही कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखी मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाइएको थियो । यस योजनामा छोटो समयमै ग्राहकहरूको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो।

आज (बुधबार) सम्पन्न लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कारबापत बाग्मती–पोखरा क्षेत्रबाट राजकुमार घिसिङ र उपत्यका बाहिरबाट फेवा कन्ष्ट्रक्शनका दुई भाग्यशाली जोडीले थाइल्याण्ड​ भ्रमणको अवसर पाएका छन् भने दोस्रो पुरस्कारअन्तर्गत सुदीप कार्की, कविता श्रेष्ठ, बाबुराम घिमिरे तथा समानन्तर निर्माण सेवाका ४ जोडी विजेताले हेलिटुर पुरस्कारबापत जितेका छन् ।

तेस्रो पुरस्कारअन्तगर्त ६ जना बालकृष्ण मिश्र, पुरुषोत्तम रेग्मी, जेशना कोण्डा, रामधनु राई, जानुका कार्की तथा राजन गुप्ताले आधा केजी चाँदी उपहार प्राप्त गरेका छन् । चौथोबापत पुरस्कार  ८ जनालाई हीराको औंठी तथा अन्य पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट उपहारस्वरुप जितेका छन् ।

यो उपहार योजना यही मंसिर १८ देखि देशभर लागू गरिएको छ । स्क्र्याच  कुपनमार्फत हात खाली नजाने पक्का उपहारअन्तर्गत नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरुन्तै प्राप्त हुने तथा सुन र चाँदीका लागि मोबाइल नम्बर ९८०१११४६५८ मा सम्पर्क गरी शिवम् सिमेन्टको बिक्री कार्यालयहरूबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

एक पटक पक्का पर्ने र तीन पटकसम्म जित्न मौका मिल्ने यो योजनाले ग्राहकहरुलाई थप हौसला र खुसी प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्