०३ साउन २०८३, आइतबार

हेमन्त शर्मा लेख्छन् – आयोजकले धन्न टिकट केही पछिको गरिदिएनछन्

हेमन्त शर्मा लेख्छन् – आयोजकले धन्न टिकट केही पछिको गरिदिएनछन्

गायक हेमन्त शर्माको आइतवार बागलुङमा सांगीतिक प्रस्तुति थियो । त्यसका लागि उनी बिहान काठमाडौंबाट पोखरातर्फ प्रस्थान गरे ।

उनी पोखरातर्फ उडेको एक घण्टापछि काठमाडौंबाट पोखराकै लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा पर्यो । 

पोखरा विमानस्थलनजिक दुर्घटनामा परेको विमानबाट ६८ जनाको शव निकालिएको छ ।

गायक हेमन्तले कार्यक्रम आयोजकले एक घण्टा अगाडिको टिकट काटिदिएको कारण आफू बाँचेको बताएका छन् ।

‘धन्न ! आयोजक प्रशान्त भाइले टिकट केही पछिको गरिदिएनछन्’, शर्माले लेखेका छन्, ‘आज म काठमाडौंबाट पोखरा उडेको करिब १ घण्टापछि काठमाडौंबाटै पोखराका लागि उडेको जहाज नराम्ररी दुर्घटना ग्रस्त भएछ ।’

गायक शर्माले त्रिभुवन विमानस्थलको प्रतीक्षालयमा देखादेख भएका कयौं यात्रु परेको भन्दै दुःख व्यक्त गरेका छन् । ‘सँगै वेइटिङमा रहनुहुने देखादेख भएकै कति यात्रु पक्कै पर्नुभयो । साह्रै दुःख लाग्यो’, उनले भनेका छन्, ‘सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली !’ 

उनले जिन्दगीको केही भर नभएको बताउँदै भएका छन्, ‘मेरो बिहानको बागलुङ यात्राको पोष्ट हेरेर मलाई देश विदेशबाट कल/म्यासेज गरी चासो व्यक्त गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद ।’ 

विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए ।

salt training

कमेन्ट गर्नुहोस्