×

NMB BANK
NIC ASIA

हेमन्त शर्मा लेख्छन् – आयोजकले धन्न टिकट केही पछिको गरिदिएनछन्

माघ १, २०७९

NTC
Premier Steels

गायक हेमन्त शर्माको आइतवार बागलुङमा सांगीतिक प्रस्तुति थियो । त्यसका लागि उनी बिहान काठमाडौंबाट पोखरातर्फ प्रस्थान गरे ।

Muktinath Bank

उनी पोखरातर्फ उडेको एक घण्टापछि काठमाडौंबाट पोखराकै लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा पर्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरा विमानस्थलनजिक दुर्घटनामा परेको विमानबाट ६८ जनाको शव निकालिएको छ ।


Advertisment
Nabil box
Kumari

गायक हेमन्तले कार्यक्रम आयोजकले एक घण्टा अगाडिको टिकट काटिदिएको कारण आफू बाँचेको बताएका छन् ।

Vianet communication

‘धन्न ! आयोजक प्रशान्त भाइले टिकट केही पछिको गरिदिएनछन्’, शर्माले लेखेका छन्, ‘आज म काठमाडौंबाट पोखरा उडेको करिब १ घण्टापछि काठमाडौंबाटै पोखराका लागि उडेको जहाज नराम्ररी दुर्घटना ग्रस्त भएछ ।’

गायक शर्माले त्रिभुवन विमानस्थलको प्रतीक्षालयमा देखादेख भएका कयौं यात्रु परेको भन्दै दुःख व्यक्त गरेका छन् । ‘सँगै वेइटिङमा रहनुहुने देखादेख भएकै कति यात्रु पक्कै पर्नुभयो । साह्रै दुःख लाग्यो’, उनले भनेका छन्, ‘सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली !’ 

उनले जिन्दगीको केही भर नभएको बताउँदै भएका छन्, ‘मेरो बिहानको बागलुङ यात्राको पोष्ट हेरेर मलाई देश विदेशबाट कल/म्यासेज गरी चासो व्यक्त गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद ।’ 

विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x