
नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले बाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् ।
नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको बैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो । काफ्ले प्रदेशसभामा दोलाखा १९१० बाट निर्वाचित सांसद हुन् ।
दलका नतो बहादुरसिंह लामाले काफ्लेलाई मुख्य सचेतकमा मनोनित गरेका हुन् ।
काफ्लेले प्रदेशसभामा एमाले उम्मेदवार नरबहादुर श्रेष्ठ ८ हजार ४२ मतान्तरले पराजित गरेका थिए । काफ्लेले २२ हजार ७ सय ९७ मत ल्याउँदा पराजित श्रेष्ठको १४ हजार ७ सय ५५ मत आएको थियो ।