
हलेसी तुवाचुङ नगरपालिकाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरको महत्व बुझाउन स्थानीय २५ जना युवालाई पर्यटक गाइड तालिम दिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने पर्यटक तथा भक्तजनलाई त्यहाँको आधिकारिक महत्व बुझाउँदै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ नगरपालिकाले आठ दिने तालिम दिएको हो ।
हलेसी तथा आसपासका धार्मिक एवं पर्यटकीयस्थलको महत्वका बारेमा आआफ्नै तवरले वर्णन गरिएकाले आगामी दिनमा आधिकारिक गाइडबाट आधिकारिक महत्व मात्र जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताइन् ।