×

NMB BANK
NIC ASIA

कर्पोरेट पेमार्फत २०० अर्ब रुपैयाँभन्दा बढीको कारोबार

माघ ५, २०७९

NTC
Premier Steels

कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २०२ अर्ब रुपैयाँभन्दा बढीको कारोबार फर्छ्यौट गरी महत्वपूर्ण कोशेढुंगा पार गरेको छ ।

Muktinath Bank

गत आर्थिक वर्ष भने कर्पोरेट पेमार्फत कुल १०९.५ अर्ब रुपैयाँबराबर को भुक्तानी कारोबार फर्छ्यौट भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंक/वित्तीय संस्थाहरूका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरूले सहज रुपमा कर्पोरेट पेमार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुई गुणाले वृद्धि भएको हो ।  


Advertisment
Nabil box
Kumari

हाल ४४ बैंक वित्तीय संस्थाहरूमार्फत् उक्त प्रणाालीमा बैंक/वित्तीय संस्थाका ६,१०० भन्दा बढी व्यावसायिक ग्राहकहरू आबद्ध भई कारोबार गर्दै आएका छन् ।

Vianet communication

यस प्रणालीमार्फत फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानीलगायत विभिन्न भुक्तानी गर्न सकिन्छ ।

यस प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरूलाई बल्क भुक्तानी, नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्र भुक्तानी, बीमा समितिको इजाजत पत्रको नवीकरण भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवासम्बन्धी भुक्तानीहरू उपलब्ध छन् ।

साथै यस प्रणालीको एउटै प्लेटफर्ममा एकभन्दा बढी बैंक खाताहरू लिन्क गरी कारोबारहरू गर्न सक्ने व्यवस्थासमेत रहेकाले ग्राहकलाई कारोबार गर्न थप सहज भएको छ । 

प्रणालीमा रियल टाइममा प्रतिकारोबार २० लाख रुपैयाँसम्म र नन–रियल टाइम कारोबारको हकमा २० करोड रुपैयाँसम्म गर्न सकिन्छ ।

उक्त प्रणाालीमा व्यावसायिक ग्राहकहरूलाई भुक्तानी कारोबार सुरक्षित रूपमा गर्न आवश्यक मल्टी-फ्याक्टर अगेन्टिकेशन तथा अथोराइजेसनको समेत उपयुक्त व्यवस्था छ ।

साथै व्यावसायिक ग्राहकहरूले बैंक खाता, रकम वा कारोबारको किसिममा आधारित विभिन्न खाता सञ्चालनका आदेशहरू सेट गरी उच्चस्तरको नियन्त्रण र जोखिम व्यवस्थापन पनि गर्न सक्दछन् । 

अनलाइन रजिष्ट्रेसनका निम्ती बैंक/वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरूले यहाँ गई मागिएका कम्पनीसम्बन्धी विवरण दाखिला गरी, कम्पनीको आवश्यकताअनुरूप, युजरको विवरण र बैंक खातासम्बन्धी विवरण दाखिला गरी एक पटक अनलाइन रजिष्ट्रेसन प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ र सो अनलाइन रिक्वेस्टको आधारमा सम्बन्धित बैंक/वित्तीय संस्थाले उपलब्ध गराएका कागजपत्रका आधारमा सेवा सुचारु गर्न सक्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १७, २०८०

अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले ‘हाई रुफ ईभी भ्यान’ नेपालमा सार्वजनिक गरेको छ ।​ फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमवार एक कार्यक्रम आयोजना गर्दै उक्त...

चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x