०३ साउन २०८३, आइतबार

तुलसीपुरमा लेखापालको तलब बढ्यो

तुलसीपुरमा लेखापालको तलब बढ्यो

दाङको तुलसीपुरमा विद्यालयका लेखापालको तलब बढेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले गतको साउन महिनादेखि लागू हुने गरी रु दुई हजार तलब बढाएको हो । यससँगै अब लेखापालले रु २० हजार पाँच सय तलब पाउनेछन् । यसअघि उपमहानगरपालिकाभित्रका लेखापालको तलब रु १८ हजार पाँच सय थियो ।

यसैबीच  तुलसीपुर नगर विकास समितिले पूर्णता पाएको छ । उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का पदेन अध्यक्ष रहने उक्त समितिको सदस्यमा नागरिक समाज दाङका पूर्वध्यक्ष टीकाराम रेग्मी, एमाले नेता सपना भण्डारी बस्नेत, विज्ञ सदस्यमा डा नहकुल केसी र मधुकराज भण्डारीलाई मनोनित गरिएको हो । उनीहरूको मनोनितसँगै नगर विकास समितिले पूर्णता पाएको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्