×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

विद्यार्थी कुट्ने प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

तनहुँ | माघ ९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

तनहुँको घिरिङ गाउँपालिकास्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कुट्ने प्रधानाध्यापक प्रेम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  
होस्टेलमा बसेर एसइई परीक्षाको पूर्वतयारी गरिरहेका ४२ विद्यार्थीले शर्तपालन नगरेको भन्दै प्रअ थापाले उनीहरुरूलाई कुटपिट गरेका हुन् । उक्त होस्टलमा बसेर पढ्दै आएकी भीमाद नगरपालिका–४  बरण्डाँडा निवासी लिलामाया आलेलाई सजाय दिने क्रममा कुटपिट गर्दा घाइते भएकी थिइन् ।  

yONNEX
LAxmi BAnk
nabil BANK inside

लठ्ठीले हान्दा चोट लागेर घाइते भएकी छात्राको बेलचौतारास्थित जिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार केन्द्रमा उपचारपश्चात घर फर्किएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक यामप्रसाद अर्यालले जानकारी दिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

होस्टेलमा बसेर अध्ययन गरेका विद्यार्थीको लिएको ‘टेस्ट’ परीक्षामा अधिकांश विद्यार्थीले सही उत्तर नलेखेपछि सजाय स्वरुप पिटेको स्वीकार प्रअ थापाले गरेको निरीक्षक अर्यालले जानकारी दिए ।

घाइते विद्यार्थीका अभिभावकले कुटपिट गर्ने शिक्षकलाई विद्यालयबाट निकाल्नुपर्ने माग गर्दै विद्यालय परिसरमा दबाब दिएका थिए । 


Advertisment
cg elex island
Saurya island

गणित विषयको परीक्षामा अधिकांश विद्यार्थीले राम्रो नतिजा नल्याएपछि एक हप्ता अघिको शर्त पूरा नगरेको भन्दै प्रअ थापाले पिटेको जानकारी पाएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख बाबुराम गैह्रेले जानकारी दिए ।  कुटपिट गर्ने शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । रासस

Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १५, २०७९

त्रिभुवन विश्वविद्यालयले विधानविपरीत परीक्षा तालिका निकालेको भन्दै स्नातक चौथो वर्षका विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्। कोर्स नसकिँदै र परीक्षा फारम सकेको २ दिनमै त्रिविले परीक्षा सञ्चालन हुने गरी ता...

माघ १०, २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले उच्च शिक्षाका लागि ठूलो सङ्ख्यामा विदेश गइरहेका विद्यार्थीलाई रोक्न नेपाल विश्वविद्यालय विधेयक अघि बढाइएको बताएका छन्। राष्ट्रिय सभामा नेपाल  विश्वविद्यालय...

माघ १०, २०७९

रिया मानन्धर तेस्रो पटक विश्वकै दोस्रो सर्वोत्कृष्ट छात्रा बन्न सफल भएकी छन्। द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा अध्ययनरत मानन्धर हालै प्रकाशित परीक्षाको नतिजामा विश्वकै दोस्रो सर्वोत्कृष्ट छात्...

माघ ६, २०७९

गण्डकी विश्वविद्यालयले प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई आज वार्षिक प्रतिवेदन पेस गरेको छ ।  विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले मुख्यमन्त्री अधिकारीलाई उक्त प्रतिवेदन पेस गरेका हुन् । उक्त अवसरमा...

माघ १४, २०७९

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले  एसईई अर्थात माध्यामिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि) को समयतालिका सार्वजनिक गरेको छ ।  बोर्डको माघ ११ गतेको निर्णयअनुसार २०७९ सालको एसईई परीक्ष...

माघ ९, २०७९

बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छ । नगरपालिकाभित्रका आधारभूत तहका विद्यालयमा ‘हाम्रो बर्दघाट’  पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो ।  नगरको पहिचानलाई...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x