०३ साउन २०८३, आइतबार

डिशहोम फाइबरनेटको जनकपुरमा पनि वितरण शोरुम

डिशहोम फाइबरनेटको जनकपुरमा पनि वितरण शोरुम

नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले जनकपुरमा पनि वितरण सोरुमको शुभारम्भ गरेको छ ।​

शोरुम समुद्घाटन, डिशहोमका तर्फबाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर सन्जीव कार्की र सेल्स अफिसर निरञ्जन कुमार शाहको उपस्थितिमा सम्पन्न भएको थियो ।

लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्‍याउँदै आएका न्यू लक्ष्मी इन्टरप्राइजले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिने डिशहोमले जनाएको छ। । 

५५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको न्यू लक्ष्मी इन्टरप्राइज अब अझ बढी ग्राहकमाझ पुग्न पनि यस नयाँ शोरुमले मद्दत गर्ने जनकपुरका सञ्चालक सुनिल महतोले जानकारी दिए।


    
 

salt training

कमेन्ट गर्नुहोस्