कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
माघ ११, २०७९
महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरी पछिल्लो समय चर्चामा छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका लागि त उनी टाउको दुखाइको विषय नै बनेका छन् ।
कोइरीले संसदमा उपस्थित भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिए ।
उनले प्रचण्डलाई विश्वासको मत दिँदा गृहमन्त्री लामिछाने संसदमै थिए ।
मधेश आन्दोलनको समयमा सुरक्षाकर्मीको हत्या गरेको अभियोग लागेका कोइरीले संसदमा पुगेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि गृहमन्त्रीको आलोचना शुरू भयो ।
माघ ५ गते प्रतिनिधिसभामा सभामुखको निर्वाचनअघि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले यही विषयमा नियमापत्ति जनाए ।
‘सभामुखको निर्वाचन हुने बेलामा हत्या अभियोग लागेका संसादहरू पनि यहाँ छन् भन्ने सुनिन आएको छ । गृहमन्त्री पनि यहाँ हुनुहुन्छ । उहाँ (कोइरी)ले यो निर्वाचनमा भाग लिन पाउने/नपाउने विषयमा निर्णय गरेर मात्र सभामुखको निर्वाचन गरियोस् भन्ने अनुरोध गर्न चाहन्छु,’ खतिवडाले संसदमा भने ।
त्यसपछि गृहमन्त्रालयले माघ ६ गते विज्ञप्ति गरी यस विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै कोइरीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको जानकारी दियो ।
मौखिकरूपमा पटक–पटक आग्रह गर्दा पनि नमानेकाले लिखित निर्देशन नै दिइएको भाषा विज्ञप्तिमा थियो ।
गृहमन्त्रीकै निर्देशन प्रहरीले नमानेको हो त ? भन्दै प्रश्न, आलोचना र कटाक्ष थपियो ।
त्यसपछि फेरि माघ ७ गते उपसभामुखको निर्वाचनका क्रममा पनि कांग्रेस सांसद खतिवडाले प्रश्न उठाए ।
उनले प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई नटेरेको हो ? भन्दै प्रश्न गरेका थिए ।
‘नेपालको इतिहासमा अपराधीलाई खोज्न प्रेस विज्ञप्तिको परम्पराको शुरूआत भएको छ । यो गृह मन्त्रालयको बालापन हो । के देशको गृह मन्त्रालयलाई प्रहरीले टेर्न छाडेको हो ? जनतालाई ढाँट्नलाई यो सूचना प्रकाशन गरिएको हो ?’ खतिवडाले प्रश्न गरे ।
संसद्मा प्रश्न उठेपछि फरार सांसद् कोइरीले सभामुखको निवार्चनमा भाग लिएका थिएनन् । त्यसपछि प्रहरीले उनलाई खोजी गर्न देशभर सर्कुलर जारी गरेको छ ।
गृह मन्त्रालयको निर्देशन आएपछि देशभरका ७७ वटै जिल्ला र सातै प्रदेश प्रहरी कार्यालयलाई सर्कुलर पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
‘मन्त्रालयबाट निर्देशन आएपछि हामीले सातै प्रदेशका ७७ जिल्लामा सर्कुलर गरेका छौं,’ प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेलले भने, ‘उहाँलाई पक्राउ गर्नका लागि प्रक्रिया अगाडि बढेको छ ।’
फरार सांसद महतोको जिल्ला महोत्तरीमा पनि उनलाई पक्राउ गर्न निर्देशन आइसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले जानकारी दिए ।
‘माथिबाट निर्देशन आएको छ । हामीले आवश्यक तयारी गरेका छौं,’ एसपी पंगेनीले लोकान्तरसँग भने ।
रघुवीरको चुनाौती
मंगलवार संसदबाट एमाले सचिव रघुवीर महासेठले उनलाई पक्राउ गर्न चुनाैती दिए । अघिल्लो सरकारले पदकका लागि सिफारिस गरेको विषय पनि उनले उठाए ।
'साँच्चै लक्ष्मी महतो अपराधी नै हो त ? अपराधी हो भने सम्मानित र प्रतिष्ठित पदकबाट सम्मानका लागि सरकारले सिफारिस किन दिएको ? त्यो बेला अपराध हेर्नुभएन ? लक्ष्मी महतोको मुद्दा आजको होइन, सात वर्षभन्दा बढी भइसक्यो असईको हत्या भएको,' महासेठले भने ।
पहिलाको सरकारले महतोलाई समात्ने काम किन गरेन भन्ने प्रश्न गर्दै उनले थपे, 'समात्ने काम परै जावस्, सम्मान गर्ने काम भएको छ। मन्त्रिमण्डबाट सिफारिस भएर राष्ट्रपतिकोमा गएको लिस्टमा उहाँको नाम थियो ।'
लक्ष्मी महतो पार्टीको सम्पर्कमा नभएको भन्दै उनले प्रहरीले हिरासतमा लिएको भए सार्वजनिक गर्न माग गरे, 'प्रहरी प्रशासनले एमालेलाई लगाएको आरोप सत्य छैन। गृह मन्त्रालयलाई भन्छु, कानुनअनुसार गर्नुस् ।'
के हो मुद्दा ?
२०७२ मा संविधान जारी गर्नुअघि संविधानको अन्तिम मस्यौदा सार्वजनिक भएपछि त्यसमा असन्तुष्टि जनाउँदै मधेश आन्दोलित भएको थियो ।
आन्दोलनकै क्रममा २०७२ भदौ २५ गते महोत्तरीको जलेश्वरमा सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या अभियोगमा उनी प्रतिवादी छन् ।
आन्दोलनमा घाइते भएका विकलाई आन्दोलनकारीले एम्बुलेन्सबाट थुतेर हत्या गरेका थिए । सोही मुद्दामा उच्च अदालत जनकपुरले कोइरीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला अदालत महोत्तरीका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार २०७६ असोज २ गते थुनछेक बहसका क्रममा जिल्ला अदालतले भने १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
‘उहाँ (लक्ष्मी महतो)लाई १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो,’ श्रेस्तेदार जयसवालले लोकान्तरसँग भने, ‘त्यो विरुद्धमा सरकारी वकिलले उच्च अदालत जनकपुरमा अपिल गर्नुभएको थियो ।’
हत्या अभियोगमा कोइरीसहित सञ्जयकुमार साह, प्रदीप साह माझी र मोहन ठाकुरलाई अभियुक्त बनाइएको छ । घाइते भएका असई थमन विकलाई कुटपिट गरेर हत्या गरेको आरोप उनीहरूमाथि छ ।
उच्च अदालत जनकपुरले पनि शव परीक्षणका क्रममा कुटपिटका कारण मृत्यु भएको देखिएको तथ्य स्वीकारेको छ ।
‘लक्ष्मी महतो समेत बारदातमा संलग्न रही मृतकलाई कुटपिट गरेको भनी पोल गरेका र मिसिल संलग्न शव परीक्षण प्रतिवेदन समेतका तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी निर्दोष रहेनछन्, अभियोग दाबीबमोजिमको कसूर गरेको रहेनछन् भनी तत्काल प्रमाणबाट भन्न सकिने अवस्था नदेखिँदा प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नू,’ उच्च अदालत जनकपुरले २०७४ मंसिर १९ मा दिएको आदेशमा भनिएको छ ।
फरार रहेकै बेला एमालेबाट टिकट पाएर उनी निर्वाचित भएका हुन् । उनले माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गरेका हुन् ।
महतो साबिकमा जनता समाजवादी पार्टीका नेता थिए । तर उक्त क्षेत्र नेकपा एमालेको भागमा परेपछि उनी एमाले प्रवेश गरेका थिए ।
२०५४ सालमा महतो आफ्नो गाउँ निगौलको गाविस अध्यक्षमा स्वतन्त्र उठेर चुनाव जितेका थिए ।
२०७० सालको निर्वाचनमा उनले आफ्नी श्रीमती रामकुमारी महतोलाई सद्भावना पार्टीबाट संविधान सभा चुनावमा उठाएका थिए ।
उक्त चुनावमा पराजित भएपछि २०७४ सालको स्थानीय चुनावमा उनी गौशाला नगरपालिकाको मेयरमा उठेकी थिइन् ।
साबिक संघीय समाजवादी फोरम नेपालबाट चुनाव लडेकी रामकुमारी झिनो मतान्तरले पराजित भएकी थिइन् ।
२०७४ सालमा कोइरी आफैं प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए । तर उनी माओवादीका पोखरेलसँग पराजित भएका थिए ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...