०४ साउन २०८३, सोमबार
धनकुटा महोत्सवमा दु:खद घटना

गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न पुगेका ९ जनाभन्दा बढी घाइते

गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न पुगेका ९ जनाभन्दा बढी घाइते

धनकुटा महोत्सवका क्रममा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न पुगेकाहरुको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन्  । शनिबार साँझ महोत्सव स्थल धनकुटाको तल्लो टुँडिखेलमा छिर्नका लागि ठेलमठेल भएपछि घटना हुन पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । 

घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ ।

अत्यधिक भीडका कारण  नौ जनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए ।

घटनासँगै आजका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्