चैत १०, २०७९
लोकप्रिय गायक हेमन्त शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । सुदूरपश्चिमको सुगन्ध मिसाएर उनले ‘मायाले नै हो रैछ’बोलको गीत सार्वजनिक गरेका हुन् । यो प्रेमगीतमा हेमन्त र ‘धोकेबाज’ फ्रेम्...
यही शुक्रवारबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’को मंगलवार राजधानीमा ग्राण्ड प्रिमियर गरिएको छ ।
बेलुका आयोजित प्रिमियरमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्तदेखि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासम्मले डा. भोला रिजालको निर्माणमा बनेको चलचित्र हेरे ।
जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्रलाई अधिकांशले राम्रो प्रतिक्रिया दिए । ‘छक्का पञ्जा’ टिमका कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरेसम्म विग मुभिज पुगेर चलचित्र हेरे । ‘छक्का पञ्जा’ टिमबाट बाहिरिएका जितुको ‘ह्यारी कि प्यारी’ हेरेपछि दीपक–दीपाले चलचित्र राम्रो लागेको प्रतिक्रिया दिए ।
दीपकराजले जितुले जे गरे पनि आफूलाई राम्रो लाग्ने बताए । ‘हाम्रो यति लामो सहयात्रा छ कि उहाँले जे गरेपनि राम्रो लाग्छ । चलचित्र राम्रो बनेको छ’ उनले भने ।
दीपाश्रीले राम्रो चलचित्र बनेको बताइन् । उनले जितुले चलचित्रमा आफूलाई प्रमाणित गरेको बताइन् ।
जितुको अभिनयको पहिल्यैदेखि फ्यान रहेको समेत बताउँदै चलचित्र हेरिरहँदा भावुक भएको समेत दीपाश्रीले बताएकी थिइन् । उनले प्रतिक्रिया दिँदा जितु भावुक बनेका थिए । केदारले चलचित्र राम्रो लागेको बताए । चलचित्रले बीचबीचमा भावुक समेत बनाएको उनले बताएका थिए ।
डा. भोला रिजालका छोरा डा. कपिलको निर्देशन रहेको चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल लगायतको समेत अभिनय छ । डा. भोला रिजाल दुई दशकपछि यसै चलचित्रमार्फत निर्माताका रुपमा फर्किएका हुन् ।
एकसमय थुप्रै हिट चलचित्र दिएको बिआर प्रोडक्सनबाट अब निरन्तर चलचित्र निर्माण हुने डा. रिजालले बताए ।
लोकप्रिय गायक हेमन्त शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । सुदूरपश्चिमको सुगन्ध मिसाएर उनले ‘मायाले नै हो रैछ’बोलको गीत सार्वजनिक गरेका हुन् । यो प्रेमगीतमा हेमन्त र ‘धोकेबाज’ फ्रेम्...
गायक कमल खत्रीले ‘सुनैको चुरा’ बोलको गीत सार्वजनिक गरेका छन् । सोमवार अपरान्ह सार्वजनिक गरिएको गीतमा उनकै शब्द एवं संगीत छ । रिकेश गुरुङले गीतको संगीत संयोजन गरेका छन् । ...
राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले चलचित्र ‘छक्कापञ्जा ४’ हेरेका छन् । आइतवार कीर्तिपुरस्थित ‘कीर्तिपुर सिनेप्लेक्स’ पुगेर उनीहरूले राजनीतिक विषयवस्तुमा न...
यो मायालाई आजै हो देखेको देब्रे गाला चन्द्रमा लेखेको फूल मायामा न भूल आजैको देखेको, देब्रे गाला चन्द्रमा लेखेको फूल मायामा न भूल, ए फूल मायामा न भूल केही दिनयता चर्चामा छ यो गीत । टिकटकमा निक...
झरनाको चिसो पानी मैयाँ, डाँडामुनी ताल पर्यो राम्री त तिमी राम्री मैयाँ, मलाई किन गाल पर्यो राम्री त तिमी राम्री मैयाँ, मलाई किन गाल पर्यो यो हिट गीत नसुन्ने सायदै होलान् । गीतका रचनाकार सुरेश अधिकारीकै...
दर्शकमाझ प्रतीक्षित मानिएको नेपाली फिल्म ‘परदेशी २’ आगामी दशैँमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले एक भिडियो सार्वजनिक गर्दै २०८० सालको विजया दशमीमा फिल्म प्रदर्शनमा ल्याउने घोषणा गरेक...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...