×

NMB BANK
NIC ASIA

शारीरिक स्वास्थ्य

तौल घटाइदिने गुरु : ३ महिनामै १० किलोग्राम कम ! के गर्ने, के खाने ?

माघ २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सलक्क परेको जिउ कसलाई मन पर्दैन ? सबैको इच्छा छरितो ज्यान बनाउँ भन्ने हुन्छ ।

Muktinath Bank

धेरै मटाउनु स्वास्थ्यका लागि राम्रो होइन भन्ने धेरैमा चेतना आइसक्यो । त्यसैले त यस्तो चिसो–जाडोमा फिटनेस सेन्टर धाइने र जगिङ गर्नेहरूको संख्या उल्लेख्य बढेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिटनेस सेन्टरमा जाने भनेको उपल्लो दर्जा र धनीमानी मात्र भन्ने जमना अहिले शहरी ईलाकामा कतै छैन ।


Advertisment
Nabil box
Kumari

सर्वसाधारण जो कोहीलाई फिटनेस क्लबमा देख्न सकिन्छ । टोलटोलमा करोडौं खर्च गरेर फिटनेस सेन्टर, जुम्बा, कार्डियो, योगा खुलेका छन् तर यी सबै फिटनेस सेन्टरहरूमा सिकाउने प्रशिक्षक कति विज्ञ र अनुभवी भन्ने कुरामा भर पर्ने हुन्छ । जीम गर्ने र सिकाउने प्रशिक्षकमा पनि भर पर्छ कि तपाईंको उद्देश्य के हो भन्ने ।

Vianet communication
Laxmi Bank

महिनौं फिटनेस सेन्टरमा गएर पनि कुनै प्रगति नभएका गुनासा धेरै हुन्छन् । सिकाउने प्रशिक्षक र सिक्ने सिकारुमा पनि भर पर्छ । फिटनेस सेन्टरमा जाने जो कोहीमा पनि एउटा लक्ष्य र प्यासन हुन जरुरी हुन्छ, त्यसका साथसाथै प्रशिक्षकको पनि प्रमुख भूमिका हुने विज्ञहरूको तर्क छ । भनिन्छ – जाडोमा शरीर बनाएर गर्मीमा शोअप गर्नु राम्रो हुन्छ ।

अब्बल प्रशिक्षकमा पर्छन् – राजेश रत्न बज्राचार्य । दर्जनौं देशहरूमा एक अब्बल प्रशिक्षकको रूपमा प्रशिक्षण कला देखाएर नेपाल फर्किएका बज्राचार्य धेरैको रोजाइमा पर्छन् । धेरै वर्षको अनुभवले खारिएका प्रशिक्षक बज्राचार्य पछिल्लो समय मेटल फिटनेस सेन्टर कागेश्वरी मनोहरा नगरपालिका–७ खहरेमा प्रमुख प्रशिक्षक छन् ।

उनको सिकाउने र गाइडेन्स गर्ने शैली नै भिन्न छ । सम्पूर्ण जीवन यही पेशामा समर्पित गरेका बज्राचार्य आफ्नो पेशामा गर्व गर्छन् । उनको सिकाइमा छुट्टै खालको दम छ, सिकाउने तरिका भिन्न छ, जोशजाँगर सबै छ ।

बिहान सबेरै उठेर हात्तीवनदेखि खहरे आइपुग्छन् उनी । उनलाई कुरेर बस्ने फिटनेन सेन्टरमा दर्जनौं हुन्छन् । कार्डियो होस् या जीमका अनेकै विधा सबैमा उनको सिकाइ अब्बल छ ।

सबैले प्रशंसा गरेका हुन्छन् । सबैको स्लीम हुने लक्ष्य पूरा भएको एकअर्कामा आदानप्रदान हुन्छ । पुरुषभन्दा पनि महिला र युवतीको स्लीम हुने धेरै इच्छाका कारण उनीहरूकै उल्लेख्य उपस्थिति देखिएको छ । प्रमुख प्रशिक्षक बज्राचार्य भन्छन्, ‘मेरो इच्छाले मात्र यो उपलब्धि हुने होइन, मन लगाएर सही तरिकाबाट शारीरिक व्यायाम गरेमा आफ्नो टार्गेट प्राप्ति हुने विश्वास गर्नुहुन्छ ।’

उनले थप भने, ‘निष्कपट र नियमित हुनु पनि जरुरी हुन्छ । शुरूमा केही गाह्रो अनुभव भए तापनि नियमित गरिरहेपछि आदतमा परिणत हुन्छ र सहज हुन्छ । शुरूको हप्तामै छोड्ने धेरै हुन्छन् तर जसले २ हप्ता निरन्तर कटाउँछ, उसले वर्षौंसम्म व्यायाम टुटाउँदैन । ज्यान घटाउने केसमा भने खानपानमा पनि त्यतिकै सजक हुन जरुरी हुन्छ । व्यायामले क्यालोरी खर्च गर्ने हुँदा भोक अवश्य लाग्छ तर के खाने, के बहिष्कार गर्ने भन्ने विषयमा सहज हुन जरुरी हुन्छ ।’

डा. कल्याण सुवेदी भन्छन्, ‘जिममा गएर हेभी एक्सरसाइज गर्नैपर्ने उमेर हो, ५० वर्षभन्दा माथि पुगेकाले हो । यो उमेरपछि हड्डी खोक्रिएर कमजोर हुने, बोसो धेरै जम्ने हुन थाल्छ । वेट बेरिङ एक्सरसाइज गर्नैपर्छ, यदि भारी बोक्ने, कोदाली खन्ने काम छोडेको हो भने ।’

नियमित व्यायाम गर्नेको मिल प्लान के त ?

नियमित व्यायाम गर्नेको भोजन योजनाबद्ध हुनुपर्ने प्रशिक्षक बज्राचार्य बताउँछन् । व्यायामका साथसाथै दैनिक भोजन योजनामा पनि परिवर्तन हुनुपर्छ । बिहान के खाने, दिउँसो के खाने, बेलुका कस्तो खालको खाना खाने भन्ने विषयमा योजनाबद्ध हुनुपर्छ । यसो गरेमा मात्र आफ्नो लक्ष्य प्राप्ति हुने उनको विचार छ ।

जिम शुरू गरेकाहरूमा अधिकांशमा परिवर्तन आएको छ । धेरैले बजन गुमाएर आफ्नो लक्ष्य प्राप्ति भएकोमा खुशी व्यक्त गर्छन् । कतिले ३ महिनाको अवधिमा १० किलोग्रामसम्म घटाउन सफल भएका छन् । मेटल फिटनेस सेन्टर व्यायामशालाका प्रमुख सञ्चालक जेम्स देउजाले भने, ‘जिम, कार्डियो र जुम्बाको क्रेज दिनानुदिन बढिरहेको र यसले आजको युगमा स्वस्थ रहन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । हरेक उमेर समूहका महिला या पुरुष व्यायामशाला जान सकिने साथै सबै उमेर समूहकालाई छुट्टाछुट्टै विधामा प्रशिक्षकको निगरानीमा सिकाइने हुँदा कुनै अप्ठ्यारो आउँदैन ।’

नियमित व्यायामले तौल घटाउन र शरीरका मांसपेशी कडक बनाउन सहयोग गर्छ । नियमित व्यायाम गर्नाले शारीरिक थकान घट्ने र दीगो रूपमा स्वास्थ्य सम्बन्धी समस्या नआउने हुन्छ । कतिको त सुगर प्रेसर शून्यमा झरेको उदाहरण पनि छन् । शरीरलाई फिट राख्नका लागि जति व्यायामशाला जानु महत्त्वपूर्ण छ, त्यतिकै खानपानमा ध्यान पुर्‍याउनु पनि जरुरी हुन्छ ।

सकेसम्म कार्बोहाइडेडयुक्त खाना घटाउँदै जाने र प्रोटिन पाउने खानामा जोड दिनु जरुरी हुन्छ । कार्बोहाइडेड खानैपर्ने भए पनि सेतो चामललाई छाडेर ब्राउन राइस, मैदा छाडेर कोदो, मकै, फापर, च्याख्ला जस्ता कम कार्बोहाइडेड हुने खालका परिकार खाँदा ज्यादा फाइदा पुग्छ । जंकफूड छोडेर मकै, भटमास, मुसली जस्ता खानेकुराले फाइदा पुर्‍याउँछ ।
 
ग्रानुला, दही, स्याउ, केरा, ताजा फलफूलको स्मुथी, मल्टिग्रेन ब्रेड, ब्राउन ब्रेड, पिनट बटर, काजु, ओखर, ठूलो बदाम, अन्डा जस्ता खानेकुरा दैनिक रूपमा मिलाएर खान सक्नुपर्छ । बोसोरहित (फ्याट फ्री) माछामासु पनि प्रोटिनका लागि उपयुक्त स्रोत हुन्छ । माछामासु खाँदा बोइल या एकदम कम तेल हालेर ग्रिल या डामेर मात्र खानुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x