
रोल्पामा अटो दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन् ।
रोल्पा नगरपालिका ६ कोटगाउँस्थित दार्बोट–माडीचौर सडकखण्डमा दार्बोटबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ५४६४ नम्बरको अटो ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा चालकसहित ७ जना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा रोल्पा नगरपालिका ६ बस्ने ३९ वर्षीय कविराम घर्ती मगर (अटो चालक), २८ वर्षीया नानकुमारी विक, १६ वर्षीया बिबिका घर्ती, ५ वर्षीय आशिस घर्ती, २४ वर्षीया दिलकुमारी विक, ३७ वर्षीया आशा पुन मगर र ५ वर्षीय एनोज विक रहेका छन् ।
उनीहरूलाई उद्धार गरी उपचारका लागि रोल्पा अस्पताल रेउघा पठाइएको छ।