
भृकुटीमण्डमा मंगलबारदेखि शुरु क्यान इन्फोटेकमार्फत आफ्नो स्टलमा भिजिट गर्ने ग्राहकलाई भायोनेटले २० प्रतिशट छुटमा इन्टरनेट जडानको सुविधा दिएको छ ।
क्यान इन्फोटेकमा भायोनेटले २०० एमबीपीएस इन्टरनेट वार्षिक १३ हजार ५ सय मै उपलब्ध गराएको छ । यो सुविधा टीभीसहितको लागि हो ।
टीभी नलिने ग्राहकले भने ११ हजार ३४४ रुपैयाँ मात्रै तिरे पुग्छ ।
यस्तो इन्टरनेट सुविधा अन्य समयमा १६ हजार ५८० रुपैयाँ पर्ने भायोनेटेका मार्केटिङ स्टाफ योगेश पौडेलले बताए ।
पौडेका अनुसार मेलामा आउने ग्राहकलाई लक्षित गरेर भायोनेटले छुट सुविधा दिएको हो ।
अन्य ग्राहकले भने यस्तो सुविधा नपाउने पनि उनले बताए ।
इन्टरनेटका ग्राहकलाई भायनेटले मासिक १५८२ रुपैयाँमा नै २०० एमबीपीएसको इन्टरनेट सुविधा दिइरहेको छ ।
यो शुल्कमा इन्टरनेटको ११५०, टीभीको २५० र भ्याट जोडेर १५८२ रुपैयाँ तोकिएको भायोनेटलको भनाइ छ ।
टीभीविनाको इन्टरनेट सुविधा लिने ग्राहकले भने मासिक १४४६ तिरेर भायोटेनका द्रुत गतिको इन्टरनेट चलाउने सकिने छ ।
भायोनेटले ग्राहकलाई 'मेलामा आउनुस् छुट लिएर जानुस्' भन्ने अभियान चलाएको छ ।
यस्तो छुट अभियान क्यान इन्फोटेकको अवधिभर (आगामी आइतबारसम्म)लाई हुने छ ।