×

NMB BANK
NIC ASIA

पाकिस्तानमा चरम आर्थिक संकट

श्रीलंकाकै स्थितिमा अर्को दक्षिण एसियाली मुलुक– किन डुब्यो पाकिस्तानी अर्थतन्त्र ?

फागुन ५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पाकिस्तानको अर्थतन्त्र धराशायी अवस्थामा पुगेको छ । 

Muktinath Bank

अमेरिकी डलरको तुलनामा पाकिस्तानी मुद्राको मूल्य स्वाट्टै घटेको छ । अहिले एक डलरका लागि २६५.५४ पाकिस्तानी रुपैयाँ खर्च गर्नुपर्ने स्थिति छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यससँगै महंगी आकासिएर सर्वसाधारणलाई जीवनयापन गर्न नै कष्ट भइरहेको छ । अहिले एक लिटर पेट्रोलका लागि २७२ पाकिस्तानी रुपैयाँ तिर्नुपर्छ । अनि डीजेलको मूल्य एक लिटरको २८० रुपैयाँ पुगेको छ । 


Advertisment
Nabil box
Kumari

त्यस्तै दूध लिटरको २१० रुपैयाँ र गहुँको पीठो किलोको १६० रुपैयाँ पुगेको छ । सरकारले सहुलियत दरमा दिने खाद्यान्नका लागि सर्वसाधारणले लुछाचुँडी गर्नुपरेको छ र त्यसक्रममा झडप हुँदा मानिसहरूले ज्यान गुमाएको खबर पनि आउन थालेका छन् ।

Vianet communication
Laxmi Bank

अनि पाकिस्तानसँग भएको विदेशी मुद्रा सञ्चिति पनि निकै कम भएकाले केही दिनका लागि आयात गर्न पुग्ने रकम मात्र बाँकी छ । पछिल्लो आँकडाअनुसार, पाकिस्तानसँग जम्मा ३.०८ अर्ब डलर सञ्चिति छ । डलरको अभाव भएकाले अत्यावश्यक खाद्यवस्तु, कच्चा पदार्थ र औषधि तथा स्वास्थ्य उपकरणहरू विभिन्न बन्दरगाहका कन्टेनरमा अड्केर बसेका छन् ।

त्यसका साथै विद्युत् आपूर्ति आंशिक मात्र हुन सकेकाले मानिसहरू अन्धकारमा चिसोले कठ्यांग्रिदै बस्न बाध्य भएका छन् । खर्च बचाउनका लागि सरकारले बिजुली कम प्रयोग हुने दिउँसोको समयमा विद्युत् आपूर्ति कटाउने गरेको छ । तर साँझपख विद्युत् दिन खोज्दा भोल्टेजमा अस्थिरता भएर प्राविधिक समस्या आएपछि घन्टौंसम्म मानिसहरूले विद्युत् उपयोग गर्न नपाएको स्थिति छ । 

पाकिस्तान सरकारले आर्थिक संकटबाट मुक्ति पाउनका लागि विदेशमा कार्यरत पाकिस्तानीहरूलाई भारी संख्यामा विप्रेषण पठाउन अनुरोध गरेको छ । तर उनीहरूबाट आउने विप्रेषणको रकम लगातार घटिरहेको छ ।

यसका विभिन्न कारण छन् । पहिलो त, पाकिस्तानीहरूले विदेशमा राम्रो तलब आउने व्यवस्थापकीय तहको जागिर पाउन छाडेका छन् । त्यस्तो जागिर पाउनेहरूले पनि पाकिस्तान पैसा नपठाएर उतै लगानी गर्न थालेका छन् । 

यससँगै महंगी आकासिएर सर्वसाधारणलाई जीवनयापन गर्न नै कष्ट भइरहेको छ । अहिले एक लिटर पेट्रोलका लागि २७२ पाकिस्तानी रुपैयाँ तिर्नुपर्छ । अनि डीजेलको मूल्य एक लिटरको २८० रुपैयाँ पुगेको छ ।  त्यस्तै दूध लिटरको २१० रुपैयाँ र गहुँको पीठो किलोको १६० रुपैयाँ पुगेको छ ।

अनि पैसा पठाउने अदक्ष कामदारहरूले पनि पाकिस्तानी मुद्राको भाउ लगातार घटिरहेकाले औपचारिक माध्यमबाट पैसा पठाउँदा घाटा हुने भएकाले त्यसमा हिचकिचाइरहेको पाइएको छ । हुन्डीमार्फत कारोबार अत्यधिक बढेकाले सरकारी राजस्वमा विप्रेषणको रकम कम दाखिला भइरहेको छ । 

यसैबीच अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई बेलआउट अर्थात् राहत प्याकेज दिन मानेन । दश दिन जति कोषका अधिकारीहरूले पाकिस्तानमा रही विभिन्न चरणमा वार्ता गरेको भए पनि कुरा नमिलेकाले पैसा नदिइकनै उनीहरू फर्केका छन् । 

पाकिस्तानले कोषबाट ७ अर्ब डलरको ऋण पाउनका लागि पहिले नै सहमति गरेको थियो । अनि अर्को खेपको नयाँ ऋण पनि पाउने आशा उसले राखेको थियो । तर त्यसमा सहमति हुन नसकी कोषका अधिकारीहरू फेब्रुअरी ९ मा त्यहाँबाट गए । 

तर पाकिस्तानले केही शर्तहरू पूरा गरेमा कोषले ऋणको रकम प्रवाह गर्ने बताएको छ । इन्धनको मूल्य बढाउन, जनतालाई विभिन्न सेवामा दिँदै आएको छुटको व्यवस्था हटाउन तथा नयाँ करहरू लगाउन कोषले निर्देशन दिएको छ । 

त्यसलाई पालन गर्दै पाकिस्तानले बुधवार (१५ फेब्रुअरी) मिनी बजेट अर्थात् पूरक अर्थ विधेयक संसद्समक्ष प्रस्तुत गरेको छ । त्यसमा भएका करका प्रावधानले पाकिस्तानलाई चार महिनामा १७० अर्ब रुपैयाँ राजस्व उठाउन सहायता गर्ने त्यहाँका अर्थमन्त्री इशक डारले बताएका छन् । 

अधिकतर विलासी वस्तुहरूमा कर बढाइएको छ । विद्युतीय उपकरण तथा सिमेन्ट लगायतका वस्तुमा पनि करवृद्धि गरिएको छ । तर सन् २०२२ मा ५० अर्ब रुपैयाँको मुनाफा गर्ने बैंकहरूका साथै व्यापारीहरूमाथि कर नलगाइएको भन्दै अर्थमन्त्रीको आलोचना पनि भइरहेको छ । 

कतिपय विश्लेषकहरू आर्ईएमएफको ऋण प्याकेजले पनि पाकिस्तानी अर्थतन्त्र स्थिर बन्न गाह्रो रहेको बताइरहेका छन् । देश अस्तित्वमा आएदेखि अहिलेसम्म पाकिस्तानले १३ पटक आईएमएफको बेलआउट प्याकेज लिइसकेको छ । त्यसैले अहिलेको प्याकेजबाट अर्थतन्त्र उँभो लाग्नेमा धेरैले विश्वासै गर्न सकेका छैनन् । 

पाकिस्तानमा अहिलेको स्थिति आउनुमा विभिन्न कारण छन् । सबभन्दा पहिलो त कमजोर आर्थिक व्यवस्थापन नै हो । 

पाकिस्तानी शासकहरूको भ्रष्ट आर्थिक नीतिका कारण सैन्य तथा नागरिक सम्भ्रान्तहरूले चरम लाभ उठाउन पाए । उनीहरूलाई सबै किसिमका छुटहरू उपलब्ध गराइयो भने कृषि तथा अन्य उद्योगमा कार्यरत सर्वसाधारणको हितका लागि कुनै नीति ल्याइएन । 

सन् १९९० को दशकमा संसारभरि आर्थिक उदारीकरणको लहर आउँदा त्यसबाट देशको अर्थतन्त्र सुधार्नुको साटो सम्भ्रान्तहरूको विलासितामा रकम खर्च गरियो । 

अमेरिकाले चलाएको आतंकवादविरुद्धको युद्धमा पाकिस्तानले दोहोरो भूमिका खेल्दै एकातिर अमेरिकासँग पैसा लिने अनि अर्कातिर तालिबान आतंकवादीहरूलाई सहयोग गर्ने खेल रच्यो । त्यसक्रममा आएको विशाल रकम पाकिस्तानका सैन्य तथा गैरसैन्य सम्भ्रान्तहरूले अपचलन गरे । 

देशका ठूला व्यापारीहरूले बैंकसँग लिएको ऋण समयमा नतिर्ने अनि राजनीतिक चिनजानका आधारमा ऋण माफी गर्न लगाउने चलनका कारण पनि समस्या निम्तिएको कतिपय विश्लेषकहरू बताउँछन् । 

खराब आर्थिक व्यवस्थापनसँगै सदाको अस्थिर राजनीति पनि पाकिस्तानका लागि विकराल समस्या बन्यो । सन् २००८ मा सेनाप्रमुख परवेज मुशर्रफको शासन ढलेपछि डेढ दशकमा नागरिक शासन कहिल्यै स्थिर रहेन । कुनै पनि प्रधानमन्त्रीले पूरा पाँच वर्ष कार्यकाल चलाउन पाएनन् । 

पछिल्लोपटक सन् २०२२ मा इमरान खानलाई तीन वर्ष सरकार चलाएपछि अविश्वासको प्रस्तावमार्फत हटाइयो । आफूलाई अमेरिकी उक्साहटमा विपक्षीहरू तथा सेनाले षड्यन्त्र गरेर हटाएको आरोप उनले लगाइरहेका छन् । 

यसरी इमरानले पाकिस्तानको आन्तरिक राजनीतिसँगै भूराजनीतिलाई पनि पाकिस्तानी समस्याको कारणका रूपमा स्थापित गरेका छन् । सत्तामा रहँदा इमरानले अमेरिकाको कठोर आलोचना तथा चीन र रुसको प्रशंसा गर्ने गरेका थिए । रुसले युक्रेनविरुद्ध युद्ध शुरू गरेकै बेलातिर उनी मस्को भ्रमण गर्न पुगेका थिए । 

त्यसो त चीनलाई समर्थन गर्ने इमरान खान सत्ताबाट हटे पनि चीनले पाकिस्तानसँग सुमधुर सम्बन्ध राखिरहेको छ । हुन पनि आफ्नो भूरणनीतिक स्वार्थका लागि चीनले चीन–पाकिस्तान आर्थिक कोरिडोर निर्माणमा भव्य लगानी गरेकाले जुन सरकार आए पनि सुसम्बन्ध राख्नुपर्ने बाध्यता छ । तर पाकिस्तानमा दिनप्रतिदिन बिग्रँदै गएको आर्थिक अवस्थाका कारण चीनले उसलाई थप सहायता गर्न चाहिँ मानेको छैन । 

आईएमएफका अनुसार, पाकिस्तानको कुल विदेशी ऋणको ३० प्रतिशत चिनियाँ ऋणले नै ओगटेको छ । यस्तो अवस्थामा पुरानो ऋण नचुकाई नयाँ ऋण दिन चीन हिचकिचाइरहेको हो । 

त्यही हिचकिचाहट साउदी अरब र युनाइटेड अरब इमिरेट्स जस्ता पाकिस्तानका मित्रराष्ट्रहरूमा पनि देखिएको छ । आईएमएफले पाकिस्तानलाई ऋण दिएमा बल्ल चीन तथा अन्य मुलुकले ऋण दिने सम्भावना रहेको विश्लेषकहरू बताउँछन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई बेलआउट अर्थात् राहत प्याकेज दिन मानेन । दश दिन जति कोषका अधिकारीहरूले पाकिस्तानमा रही विभिन्न चरणमा वार्ता गरेको भए पनि कुरा नमिलेकाले पैसा नदिइकनै उनीहरू फर्केका छन् । 

आर्थिक नीति र (भू)राजनीति दुवैलाई दक्षतापूर्वक सञ्चालन गर्न नसकेको पाकिस्तानलाई सुरक्षा अव्यवस्थाले पनि बेस्सरी सताइरहेको छ । हालैका महिनामा पाकिस्तानमा अतिवादी इस्लामी समूहहरूले आतंकवादी गतिविधि बढाएका छन् । 

पाकिस्तानी तालिबानले गत जनवरीमा पेशावरस्थित एक मस्जिदमा आत्मघाती आक्रमण गर्दा १०० भन्दा बढी मानिसको ज्यान गएको थियो । उता बलोचिस्तानमा जातीय लडाकूहरूले पाकिस्तानी राज्यविरुद्ध गरिरहेको सशस्त्र संघर्ष पनि दिनदिनै चर्किरहेको छ । त्यस विद्रोहले चिनियाँ परियोजनालाई पनि अप्ठ्यारो पारिरहेको छ । 

त्यसमाथि भारतसँगको शत्रुतापूर्ण सम्बन्धले पनि पाकिस्तानलाई आर्थिक उन्नति गर्नबाट रोकेको छ । पाकिस्तानको सैन्य तथा आर्थिक ऊर्जा भारतसँगको द्वन्द्वमा खर्च भइरहेको छ जबकि विश्वको पाँचौं ठूलो अर्थतन्त्रसँग व्यापारिक सम्बन्ध राख्न पाएको भए पाकिस्तानी अर्थतन्त्र उकास्न सहायता पुग्ने थियो । (भारतीय मुद्रासँग नेपाली मुद्रा पेग गरिएकाले अनि आप्रवासी कामदारले नेपालमा अविरल विप्रेषण पठाइरहेकाले नेपाली अर्थतन्त्र जोगिएको यहाँ स्मरणीय छ ।) 

यससँगै प्राकृतिक प्रकोपले पनि पाकिस्तानलाई सताइरहेको छ । गत अगस्ट महिनामा पाकिस्तानमा आएको बाढीले व्यापक क्षति गरेको थियो । त्यतिखेर पाकिस्तानको लगभग एक तिहाइ भूमि जलमग्न बनेको थियो र लाखौं मानिस विस्थापित भएका थिए । त्यसले लगभग ४० अर्ब रुपैयाँ बराबरको क्षति गराएको आकलन छ । 

अनि दुई वर्षमा कोभिड महामारीले पुर्‍याएको आर्थिक क्षति तथा रुस–युक्रेन द्वन्द्वका कारण आपूर्ति शृंखलामा आएको अवरोधका कारण भइरहेको मूल्यवृद्धिले पनि पाकिस्तानी अर्थतन्त्रमाथिको भार थपिएको छ । 

उपरीमाथि थुपरी ऋण लिइरहेको पाकिस्तानले फेरि पनि ऋण लिनका लागि प्रयत्न गरिरहेको अवस्थामा त्यसलाई तिर्न नसकी डिफल्ट गर्ने खतरा समेत बढेर गएको विश्लेषकहरू बताउँछन् । 

आर्थिक वृद्धिको अभाव र उच्च दरको बेरोजगारीको संघारमा पुगेको पाकिस्तानले डिफल्ट गरेमा श्रीलंकाको जस्तै विद्रोहको अवस्था आउनेछ । त्यस्तो विद्रोह उठेमा श्रीलंकाको भन्दा भयावह स्थिति पाकिस्तानमा आउनेछ किनकि त्यहाँ आतंकवादी र सशस्त्र समूहहरूको सशक्त उपस्थिति छ । त्यहाँको अशान्ति र अस्थिरताले समग्र दक्षिण एसियालाई नकारात्मक असर पार्ने सम्भावना पनि देखिन्छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x