२९ असार २०८३, सोमबार
सर्वोच्चको आदेश

यूएई जान पाउनुपर्ने सन्दीपको मागमा आइतवार मात्र टुंगो लाग्ने

फागुन १२, २०७९
यूएई जान पाउनुपर्ने सन्दीपको मागमा आइतवार मात्र टुंगो लाग्ने

क्रिकेटर सन्दीप लामिछाने यूएई जान पाउने कि नपाउने भन्ने टुंगो आइतवार मात्र लाग्ने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले सन्दीपको निवेदनलाई यसै प्रकरणसम्बन्धी अर्को मुद्दासँगै राखेर आइतवार पेश गर्न आदेश दिएको हो ।

सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारले सर्वोच्चमा पुनरावेदन गरेको छ । उक्त मुद्दा समेत शुक्रवार पेशीमा चढे पनि सुनुवाइ भने हुन सकेन ।

'दुवै निवेदनलाई आइतवार एक साथ राखेर सुनुवाइ गर्ने आदेश भएको छ,' सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले लोकान्तरलाई जानकारी दिए ।

न्यायाधीश खतिवडाले यस विषयको टुंगो लगाउन ढिलाइ गर्दा निवेदनको मर्म नै मर्ने भएकाले अग्राधिकार दिएर सुनुवाइ गर्न आदेश दिएका छन् ।

'आगामी हप्ता नै खेलिने अन्तर्राष्ट्रिय क्रिकेट खेलसँग सम्बन्धित विषय देखिएको र उल्लिखित निवेदनउपरको सुनुवाइमा ढिलाइ हुन गएमा निवेदनको मूल प्रयोजन नै समाप्त हुन जाने समेत देखियो । तसर्थ प्रस्तुत विषयमा तत्काल सुनुवाइ गर्न आवश्यक देखिएकाले प्रस्तुत निवेदनलाई २०७९-RE-0136 को प्रतिवेदनसँग लगाउमा साथै राखी महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको जनाउ दिई सुनुवाइका लागि अग्राधिकार समेत प्रदान गरी २०७९ फागुन १४ गते संयुक्त इजलासमा पेश गर्नू,' सर्वोच्चको आदेशमा भनिएको छ ।  

हेर्नुहोस् आदेश :

null

salt training

कमेन्ट गर्नुहोस्