कात्तिक २८, २०८०
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
एघारौं लोकवार्ता सम्मेलन यस वर्ष पाल्पा, गुल्मी र अर्घाखाँचीमा सम्पन्न भएको छ ।
७ बुँदे घोषणापत्रसहित सम्मेलन सम्पन्न भएको लोकवार्ता परिषद् नेपालका अध्यक्ष प्रा.डा. प्रेमकुमार खत्रीले बताए ।
‘लोक संस्कृतिसँग जीवन जोडिएको छ, हाम्रा गाउँघरमा विभिन्न थरिका संस्कृति छन्,’ उनी भन्छन्, ‘लोककला, भाषाभाषी, लोकसाहित्यलाई संरक्षण तथा उजागर गर्न यस अभियानमा जोडिएका छौं, यसले समुदायमा रहेका लोकसंस्कृति, कलाको विकास हुनेछ ।’
लोकवार्ता सबैभन्दा ठूलो सम्पत्ति रहेको उनले जनाउँदै जग्गा, जमिन, धन, सम्पत्ति संकलनमा भन्दा लोकवार्ता संरक्षणमा सबैले पहल गरेमा लोप भएर समुदायबाट विस्थापित नहुने बताउँछन् ।
फागुन ६ गते पाल्पाको तानसेनमा उद्घाटन गरी शुरू भएको सम्मेलन ११ गते अर्घाखाँचीको सन्धिखर्कमा पुगेर समापन गरिएको हो । सम्मेलनका क्रममा तानसेनमा लोकनृत्य , कार्यपत्र प्रस्तुति र लोकवार्ता विमर्श आयोजना गरिएको थियोे । पाल्पाको अर्गलीमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, अर्गलीका स्थानीयको आयोजनामा फाउ (फागु), मागल गायन, बाली गायन तथा अभिनयसहित लोकवार्ता विमर्श प्रदर्शन गरिएको थियो । यहाँ महिला समूहद्वारा मागल (मंगल) प्रस्तुत, कृतन मण्डलीले चुट्का भजन, नाचगान, महिला र पुरुषको टोलीले असारमा धान रोप्दा गाइने बाली गीत र त्यसको अभिनय समेत प्रस्तुत गरिएको थियो ।
गुल्मीस्थित रिडीको रुरु संस्कृत विद्यापीठमा भएको सम्मेलनमा मगर समुदायको सोरठी, मारुनी, मामाज्यु लगायतका नृत्य, नेवार समुदायले लाखेनाच, ब्राह्मणले भजन र गन्धर्वले सारङ्गीवादन गरेर आफ्नो कला तथा संस्कृति प्रस्तुत, गुल्मीको तम्घासमा मगर समुदायले सति घाँटुनाच, नेवार समुदायले लाखेनाच, ब्राह्मण समुदायले भजन, फागु गीत, स्थानीय महिलाद्वारा एकतारे बाजा प्रदर्शन गरिएको थियो । सम्मेलनका लागि सहभागीले रेसुङ्गा सहितका धार्मिक, सांस्कृतिक र पर्यटकीयस्थलको अवलोकन गरेका थिए ।
अर्घाखाँचीको सन्धिखर्कमा सहभागी लोकवार्ताविद्ले अर्घाखाँचीको छत्रदेव महाराज कोट दरबार, शिद्धेश्वर धाम, अर्घाभगवती, अर्घा ढुंगो, ठूलीआलमको मन्दिर, मालारानी गाउँपालिकास्थित नरसिंहस्थान र मालारानी मन्दिर, सुपादेउराली लगायतका स्थानको अवलोकन गरेका थिए ।
परिषद्का सल्लाहकार प्रा.डा. माधवप्रसाद पोखरेलले हाम्रा परम्परा, संस्कृति, संस्कार, लोककला, भाषा, साहित्य दोस्रो पुस्तामा हस्तान्तरण नहुँदा परम्परागत संस्कृति लोप हुने अवस्थामा पुगेको बताए । यसरी देशव्यापीरूपमा सम्मेलन कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरी संरक्षणमा चासो बढ्ने उनको विश्वास छ । लोकवार्ता परिषद् लोकवार्ता सिकाउन नभई सिक्नका लागि गाउँगाउँ आएको पनि उनको भनाइ छ ।
‘लोकवार्ता भनेको लोकविद्या हो, यो विद्या बाबुआमाले नै आफ्ना छोराछोरीलाई सिकायो भने यसले जीवन्तता पाउनेछ, पश्चिमेली संस्कृतिको प्रभावमा हाम्रा कला, संस्कृति हराउन पुगेका छन्, यिनलाई जोगाउनु हामी सबैको दायित्व हो,’ उनले भने ।
कास्की, रुपन्देही, कपिलवस्तु, दैलेख, रोल्पा, ताप्लेजुङ, पाँचथर, इलाम, भोजपुर लगायतका २२ जिल्लामा पुगेर सम्मेलन गरिसकेको छ । यो सम्मेलन हरेक वर्ष आयोजना हुँदै आएको छ । दशैंतिहारको बीचमा आयोजना हुँदै आए पनि यो वर्ष संघ र प्रदेशको निर्वाचनका कारण निर्धारित समय पछाडि भएको हो । नेपालका सबै जिल्ला तथा भारतको सिक्किमबाट प्रतिनिधिको सम्मेलनमा सहभागिता थियो ।
विक्रम संवत् २०७१ सालमा संस्था स्थापना गरी लोकजीवन, लोकसंस्कृति, लोकसाहित्य, भाषा संरक्षण तथा जगेर्ना गर्दै आइरहेको छ । स्थलगत अध्ययन गरेर त्यस ठाउँको लोककला लोकजीवन हेर्ने र अर्को वर्ष त्यसैलाई कार्यपत्र तयार पारेर किताब छाप्ने काम गरिएको छ । कला, संस्कृतिसहितको संरक्षण गर्दै मूर्त–अमूर्त कला, संस्कृतिको अध्ययन अवलोकन गर्दै कार्यपत्र प्रस्तुत गर्ने, प्रचारप्रसार गर्ने र त्यसलाई पुस्ककका रूपमा प्रकाशित गर्ने गरी सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएको छ ।
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...