×

NMB BANK
NIC ASIA

यसरी मनाइयो मगर दिवस

फागुन १६, २०७९

NTC
Premier Steels

मगर समुदाय आफ्नो पहिचानमा हुरुक्क हुन्छन् ।  उनीहरु संस्कृति र रहनसहनमा खुलेर रमाउँछन् । बर्सेनि फागुन १५ उनीहरूका लागि रौनक लिएर आइपुग्छ । सोमबार नेपाल मगर सङ्घको ४१औँ स्थापना दिवस ।

Muktinath Bank

मगरहरू सङ्गठित भएको दिनलाई त्यस समुदायले ‘मगर एकता दिवस’का रूपमा समेत मनाउँदै आएको छ । गण्डकी यसै पनि मगरहरूको थातथलो बढी भएको प्रदेश हो । यहाँको इतिहास, परम्परा र संस्कृतिसँग मगरहरूको साइनो छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सधैँझैँ यसपालि पनि आफ्नो एकता दिवसलाई मगर समुदायले उल्लासपूर्वक मनाएको छ । कतै सांस्कृतिक÷खेलकुद मेला भए, कतै औपचारिक समारोह । घरघरमा खुसी साट्ने र मिठोमसिनो खाने अवसरका रूपमा पनि मगरहरूले यो दिवसलाई लिन्छन् ।


Advertisment
Nabil box
Kumari

मगर बाहुल्य भएका गण्डकीका कतिपय स्थानीय तहले त सोमबार सार्वजनिक बिदा नै दिए । नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति, कास्कीले पनि पोखरामा सांस्कृतिक कार्यक्रमसहित दिवस मनायो । मगर संस्कृति झल्कने झाँकी, गीत र नाचसँगै निस्केको पदायात्राले सहरका मुख्य क्षेत्र परिक्रमा गरेको थियो ।

Vianet communication

जातीय पहिरनमा सजिएका मगरहरू आफ्नो परम्परा झल्काउने वस्तु र सामग्रीसहित झाँकीमा सहभागी भएका थिए । सेखु ओडेका महिलाहरू, हलोजुवासहित झुल्केका पुरुष । गरगहना र वेषभूषामा सजिएका युवायुवती । नेपाली मौलिक संस्कृतिको झल्को मगर दिवसले दिएको थियो । पहाडे वास्तु झल्काउने परम्परागत नमूना घरले पनि झाँकीमा आकर्षण थपेको थियो । कोही पञ्चेबाजामा नाचिरहेका थिए, कोही कौरामा । कतै सोरठी गुञ्जिरहेको थियो, कतै यानीमाया ।

झाँकी प्रदर्शनीपछि पोखरा–१० मा रहेको मगर सङ्घको सभाकक्षमा दिवसको मूल समारोह केही समय चल्यो । त्यहाँ पनि भाषणभन्दा सांस्कृतिक प्रस्तुतिलाई आयोजकले बढी स्थान दियो । विभिन्न समूहले आ–आफ्नो गीत र नाच देखाए । भित्र दिवसको मूल समारोह चलिरहँदा सभाकक्षबाहिर नाचगान गरेर रमाउनेहरूको सङ्ख्या पनि उत्तिकै थियो । के महिला, के पुरुष । सबै आफ्नो मगर पहिरनमा ठाटिएर दिवस मनाउन पुगेका थिए । 

समारोहमा बोल्दै गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जाली मगरले अवसर पाए जनजाति समुदाय देशकै नेतृत्व गर्न सक्षम रहेको बताए । आफ्नै इतिहास, रहनसहन र संस्कृतिले मगरहरूलाई बेग्लै पहिचान दिलाएको उनको भनाइ छ ।  

मन्त्री जुग्जाली मगरले जनजाति समुदायका युवाहरूलाई विदेशमोह त्यागेर देश सेवाका लागि निजामती क्षेत्रमा आउन आग्रहसमेत गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सामाजिक रुपान्तरणमा मगर समुदायको ऐतिहासिक योगदान रहेको उल्लेख गरे । उनले मगर जातिलाई देशप्रेमी, परिश्रमी, इमान्दार र अनुशासित समुदायका रूपमा चित्रित गरे ।

आदिवासी जनजाति महासङ्घ गण्डकीका मुख्यसचिव सुजन लामाले मगर दिवसका दिन सार्वजनिक दिन सरकारसमक्ष माग गरे । उनले राज्यका हरेक निकायमा आदिवासी जनजाति समुदायको समावेशी र समानुपातिक प्रतिनिधित्वको सुनिश्चिता हुनुपर्ने बताए ।

नेपाल मगर सङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष तारा थापामगरको विद्यालयमा मगर भाषाको पाठ्यक्रम पढाउनुपर्ने जोड थियो  । भाषिक, सांस्कृतिक र राजनीतिक अधिकारका लागि मगर समुदाय एकजुट हुनुपर्ने उनको भनाइ छ ।

तमु धिँ नेपाल कास्कीका अध्यक्ष होम तमुले आदिवासीको अधिकार प्राप्तिका लागि अझै सङ्घर्ष गर्न बाँकी रहेको बताए । उनले साङ्गठानिकरूपमा एकताबद्ध हुँदै शिक्षा र राजनीतिमा पनि मगरहरू अब्बल हुनुपर्ने धारणा राखे ।

नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष सङ्गीता पुनमगरले सङ्घ स्थापना भएको दिनलाई मगर एकता दिवसका रूपमा मनाउने गरिएको बताइन् । सो अवसका अवसरमा उत्कृष्ट सांस्कृतिक झाँकी प्रदर्शन गर्ने समूहलाई नगदसहित पुरस्कृतसमेत गरिएको थियो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x