२० असार २०८३, शनिबार

चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी निर्वाचित, को–को छन् नयाँ कार्यसमितिमा ?

फागुन १८, २०७९
चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी निर्वाचित, को–को छन् नयाँ कार्यसमितिमा ?

चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् ।

बुधवार काठमाडौंमा भएको नवौँ महाधिवेशन तथा १३ औं वार्षिक साधारणसभाबाट बलामी ८३ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी ८३ मतसहित निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीले ४५ मत ल्याए । उपाध्यक्ष कार्यक्रमतर्फका अर्का उम्मेद्वार लेख बहादुर आचार्य ‘कुमार’ २४ मतमा सीमित भए । 

यसैगरी, उपाध्यक्ष संगठनतर्फ विजय सुवेदी ‘आवाज’ ८० मतका साथ निर्वाचित हुँदा उनका प्रतिस्पर्धी विशाल राईले ६७ मत पाए । 

उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई ९१ मतका साथ निर्वाचित भइन् भने शारदा थापाले ५८ मत प्राप्त गरिन् । 

महासचिवमा रघुनाथ सापकोटाले ७७ मत ल्याउँदा उनका प्रतिस्पर्धी प्रदीप कार्कीले ७४ मत पाए ।

खुला सचिवतर्फ नवीन गिरी ७८ मतका साथ विजयी हुँदा गोपीकृष्ण चापागाईँ ७० मत ल्याएर पराजित भए । 

सचिव समावेशीमा उद्धव रसाईली ९० मतका साथ निर्वाचित भए । 

कोषाध्यक्षमा मनिष कार्की निर्वाचित हुँदा सह–कोषाध्यक्षमा मनिष अन्जान दाहाल निर्विरोध निर्वाचित भए । 

यस्तै समावेशी सदस्यमा महमद जलिम निर्विरोध निर्वाचित हुँदा  महिला सदस्यमा सुष्मा कार्की निर्वाचित भइन् ।

यसैगरी, सदस्यहरूमा सुरेन्द्र थापा, सिपी जैसी, अर्जुन गुरागाईँ, निशा बजगाईँ, अनुप भट्टराई र कृष्ण पाण्डे, निर्वाचित भएका छन् । निर्वाचनमा कुल एक सय ५२ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्