कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
जीवनमा केही गर्नलाई अपाङ्गताले छेक्न सक्दैन भन्ने उदाहरण बनेका छन् वीरेन्द्रनगर–१० बुदबुँदेका ६८ वर्षीय नन्दप्रसाद चौलागाईं । इत्रामखोला पुलबाट दक्षिण पूर्वतर्फ करीब ५०० मिटर पार गरेर एउटा साधारण घरमा पुगेपछि उनी सदाझैं आफ्नै कर्ममा व्यस्त भेटिन्छन् ।
नन्दप्रसाद अहिले यस्तो पात्र बनेर उदाएका छन्, जसको मेहनत, लगनशिलता, सफलता र अठोट अपाङ्गता भएकाहरूका लागि प्रेरणाको स्रोत बन्न पुगेको छ ।
लामो समयदेखि मेरुदण्ड पक्षघात पीडित हुन् । बैशाखीको सहाराले मात्र हिँडडुल गर्छन् । पूर्ण दृष्टिविहीन पत्नी नन्दरुपाको साथमा उनले २४ वर्षदेखि मिठाइ प्याक गर्ने कागजका चारकुने बट्टा (स्विट बक्स) उद्यम सञ्चालन गर्दै आएका छन् ।
नेपालगञ्जबाट कच्चा पदार्थ मगाएर नन्दप्रसाद र नन्दरुपाको जोडीलाई घरमै स्विट बक्स बनाउन भ्याइँनभ्याइँ छ । दुवै आँखा नदेखे पनि नन्दरुपा स्विट बक्स बनाउन खप्पिस छिन् । २०५५ सालमा सिन्धु सुधार नामक गैरसरकारी संस्थाले सुर्खेतमा आएर अपाङ्गता भएकाहरूका लागि सीपमूलक तालिम आयोजना गरेको थियो । १ हप्ते तालिममा नन्दरुपा सहभागी भइन् र कागजको झोला, थैला, बट्टा बनाउन सिकिन् । नन्दप्रसाद पत्नीलाई तालिममा ल्याउने, पुर्याउने काम गर्दथे । पत्नीबाटै उनले पनि कागजी सामान बनाउन सिकेका हुन् । ‘तालिम लिनु मात्र ठूलो कुरा होइन, व्यवहारमा उतार्नुपर्छ भन्ने लाग्यो अनि व्यवसाय शुरू गर्यौं,’ उनी भन्छन्, ‘खेर गएका अखबारहरू संकलन गरेर कागजका थैली बनायौं, काठमाडौंसम्म पठायौं, प्लाष्टिकका थैलीले बजार लिन थालेपछि हाम्रो उत्पादन पनि बिक्न छाड्यो, प्लाष्टिकका थैलीसँग प्रतिस्पर्धा गर्न सकिएन ।’
बजारमा प्लाष्टिकको प्रयोग बढ्दो छ । यसले वातावरण प्रदूषणका साथै नागरिकको स्वास्थ्यमा समेत सोझै असर गरिरहेको छ । उनी प्लाष्टिकका थैलीका तुलनामा कम मूल्यमा कागजका थैला बट्टा उत्पादन गर्न सकिने बताउँछन् ।
प्लाष्टिकका थैलीपछि चौलागाई दम्पतीले स्विट बक्स बनाउन थाले । वीरेन्द्रनगरमा मिठाइ पसल, होटलहरू पनि थपिँदै गए । माग बढ्न थाल्यो । शुरूआत अर्थात् २०५५ सालमा प्रतिसेट १८ रुपैयाँमा स्विट बक्स बेचेका उनले अहिले प्रतिसेट ३८ रुपैयाँमा बेच्दै आएका छन् । मासिक सरदर २ हजार बट्टा उत्पादन गर्छन् ।
विभिन्न चाडपर्वहरूमा मिठाइ पसलहरूबाट चौलागाई दम्पतीले तयार गरेको बट्टाको अर्डर हुन्छ । सहकारी, संघसस्ंथा, कार्यालयले प्याकिङ खाजा खुवाउनुपर्यो भने पनि होटलहरू उनकै सम्पर्कमा आउँछन् । लगानी, घर खर्च, औषधि खर्च कटाएर वार्षिक डेढ लाख रुपैयाँ जति बचत हुने गरेको उनी बताउँछन् । साना उद्योग चलाउने धेरैजसोले आफ्नो व्यापार व्यवसायको दुरुस्त आय–व्यय राख्दैनन् तर नन्दप्रसादले व्यावसायिक हिसाबकिताब प्रस्ट राख्दै आएका छन् ।
‘२ छोरा र १ छोरीसहित परिवारको पालनपोषण, पढाइ खर्च र औषधि खर्चको मुख्य स्रोत यहीँ हो,’ उनी भन्छन्, ‘बट्टाको यो व्यवसायलाई परिवारका सबै सदस्यले आफ्नै श्रममा चलाएका छौं, व्यवसायका लागि छुट्टै श्रम जनशक्तिमा लगानी गर्नुपर्ने अवस्था छैन ।’
पहिला सिपाही, अहिले व्यवसायी
नन्दप्रसादले तत्कालीन शाही नेपाली सेनामा २४ वर्ष सेवा गरे । विक्रम संवत् २०३२ चैत्र १ गते सेनाको सिपाही दर्जाबाट सेवा शुरू गरेका उनले सेनाको अमल्दार पदबाट अवकाश लिएका हुन् । सेनामा रहँदा २०४१ सालमा प्याराप्लेजिया रोगले च्याप्दै गयो र अन्ततः उनका दुवै खुट्टाले शरीरलाई साथ दिन छाड्यो । अहिले पनि उनका २ खुट्टा चल्दैनन् । दिसापिसाब निरन्तर हुने समस्या छ ।
‘सेनामा छँदा प्याराप्लेजिया रोगले थलिएँ, जुम्लाबाट उपचारका क्रममा काठमाडौं आवतजावत गर्न सम्भव भएन,’ बसाइँ सर्नुको बाध्यता सुनाउँदै उनी भन्छन्, ‘उपचारमा सजिलो होला भन्ने सोचेर वीरेन्द्रनगरमा बसाइँ सरेको हुँ, प्लेनबाट उपचार गर्न आउन–जान समस्या थियो ।’
जुम्लाको लाम्रा गाउँमा जन्मिएका नन्दप्रसाद २०५२ सालमा सुर्खेत बसाइँ सरेका हुन् । शुरूमा १० धुर जग्गा जोडेका उनको व्यावसायिक सफलताले वीरेन्द्रनगरमै १ कठ्ठा १५ धुर घडेरी र ७ कठ्ठा खेत जोडेका छन् । २०५४ सालदेखि २०५९ सम्म किराना पसल पनि चलाए । अहिले घर भएकै स्थानमा उनले नून र मट्टितेलको व्यापार पनि गरेका थिए ।
वीरेन्द्रनगरमा मिठाइको बट्टा उद्यम सञ्चालन गर्ने उनी भने पहिलो व्यवसायी हुन् । उनले विभिन्न मिठाइ पसल, होटलहरूलाई नियमित बट्टा उपलब्ध गराउँदै आएका छन् ।
नन्दप्रसाद व्यवसायी मात्र नभई कुशल प्रशिक्षक पनि कहलिएका छन् । वीरेन्द्रनगर नगरपालिका, वडा कार्यालय, विभिन्न संघसंस्था लगायतले अपाङ्गता भएकाहरूलाई लक्षित गरी सञ्चालन गरिएका तालिममा उनले प्रशिक्षकको भूमिका पाउने गरेका छन् । उनी भन्छन्, ‘अपाङ्गता भएकाहरू अहिले धेरैजसो उद्यममा जोडिएका छन्, अपाङ्गता भएकाहरूको जीवन पनि आत्मनिर्भर र सुन्दर छ भन्ने प्रमाणित गरेका छन् ।’ अपाङ्गता भएकाहरूले आफूलाई हिनताबोध गराउन नहुने उनको भनाइ छ ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...