
ग्लोबल आईएमई बैंक लिमिटेडले मोबाइल बैंकिङ एप्लिकेशन तथा क्युआर पेमेन्ट प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्युआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइने बैंकले जनाएको छ।
यस योजनाअन्तर्गत २०७९ सालको होलीपर्व अर्थात् फाल्गुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्युआर कोडमार्फत ग्राहकहरुले 'जीआईबीएल आफ्नो मनपर्ने रङको नाम' लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत (रु १५० सम्म) क्यासब्याक पाउनेछन् ।
बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।
बैंकले ग्राहकहरूलाई हर्षोल्लासका साथ–साथै सुरक्षित तरिकाले होली पर्व मनाउनसमेत आग्रह गरेको छ।