
म्युजिक भिडियोका चल्तापुर्जा निर्देशन शान थापाले विवाह गरेका छन् ।
उनले आइतवार मोडल सुशीला थापासँग लगनगाँठो कसेका हुन् ।
विगत दुई वर्षदेखिको प्रेम सम्बन्धलाई यी दुईले दाम्पत्य जीवनमा परिणत गरेका हुन् ।
परिवारका केही सदस्य र सीमित साथीभाइको उपस्थितिमा गोरखाको एक मन्दिरमा उनीहरूको विवाह भएको हो ।
शान म्युजिक भिडियोमा सर्वाधिक व्यस्तमध्येका निर्देशक मानिन्छन् ।
यता, सुशीलाले दर्जनौं म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् ।
शानकै निर्देशन रहेको ‘कति माया गर्छौ’ लगायतका केही म्युजिक भिडियोमा समेत उनले मोडलिङ गरेकी छिन् ।
