![यस्तो रह्यो कलाकारको होली [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Rajesh_rekha_dlKSgKgWMA.jpg)
पहाडी जिल्लामा आज हर्षोल्लासका साथ होली पर्व मनाइँदै छ ।
असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने होली पर्व मानिसहरूले एक अर्कालाई विभिन्न प्रकारका रंग दलेर खुशी साट्दै मनाइरहेका छन् ।
नेपाली कलाकारिता क्षेत्रमा सक्रिय कलाकारहरूले पनि हर्षोल्लासका साथ होली मनाएका छन् ।
कतिले परिवार तथा साथीभाइहरुसंग मिलेर होली मनाएका छन् भने कतिले विभिन्न ठाउँमा आयोजित कार्यक्रममा पुगेर होलीको खुसी साटासाट गरिरहेका छन् । कलाकारहरूले रंगमा रंगिएका आफ्ना तस्वीरहरू सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
उनीहरूले आफ्ना शुभचिन्तक एवं फ्यानहरुलाई होलीको शुभकामना समेत दिइरहेका छन् ।
तस्वीरमा हेरौं कलाकारको होली :









तस्वीरहरू : सम्बन्धित कलाकारको फेसबुकबाट ।