२१ असार २०८३, आइतबार

‘छक्का पञ्जा ४’को पहिलो साताको कलेक्सन ९ करोड

फागुन २६, २०७९
‘छक्का पञ्जा ४’को पहिलो साताको कलेक्सन ९ करोड

‘छक्का पञ्जा ४’ चलचित्र आजबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । 

गत शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्रले आक्रामक कमाइ गरिरहेको छ । चलचित्रले पहिलो साता ९ करोड रूपैयाँ हाराहारी ग्रस कलेसक्न गरेको वितरक मनोज राठीले लोकान्तरलाई बताए । 

चलचित्रले दुई दिन (शनिवार र सोमबार) दुई/दुई करोड र अन्य दिन एक करोड हाराहारीमा कमाई गरेको देखिन्छ । चलचित्रको व्यापारमा काठमाडौंसहित मोफसलको समेत राम्रो योगदान छ । दोस्रो साताको पहिलो दिन पनि उल्लेख्य शोजका साथ प्रदर्शन भएको चलचित्रले दर्शकको साथ पाइरहेको छ । 

दोस्रो सातामा पनि चलचित्रले राम्रो कमाई गर्ने विश्वास लिइएको छ । 

हेमराज बीसी निर्देशित चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, नीर शाह, केदार घिमिरे, अनुराग कुँवर, रमेश बुढाथोकी, बुद्धि तामाङ, राज आचार्य, बेदना राई, सुष्मा निरौला लगायतको अभिनय छ ।

राजनीतिक कथावस्तुलाई रमाइलो तरिकाले चलचित्रमा पेस गरिएको छ ।

चलचित्रलाई आमा सरस्वती मुभिज र आईएमईले प्रस्तुत गरेका हुन् ।

‘छक्कापञ्जा’का अघिल्ला तीन वटै श्रृंखलाले राम्रो कमाइ गरेका थिए । तीनै श्रृंखलाको रेकर्ड ‘छक्का पञ्जा ४’ले तोड्ने विश्वास निर्माण टिममा छ । यसअघिको श्रृंखला ‘छक्का पञ्जा ३’ले नेपालबाट २१ करोड रुपैयाँ कलेक्सन गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्