०४ साउन २०८३, सोमबार

तपाईंलाई थाहा छ ? सर्पले पनि गर्छ आत्महत्या !

कात्तिक २०, २०७४
तपाईंलाई थाहा छ ? सर्पले पनि गर्छ आत्महत्या !

काठमाडौं, १३  भदौ — अत्यधिक तनाव र निराशाका कारण मानिसले आत्महत्या गरेको खबर त प्रायः आइरहेका हुन्छन् । तर जनावरले पनि आत्महत्या गर्छन् भन्ने सुन्दा चाहिँ अलि आश्चर्य नै लाग्छ ।


अस्ट्रेलियामा विषालु ट्री ब्राउन स्नेकले आत्महत्या गरेको घटना थाहा लागेको छ । यो देखेर सर्पविशेषज्ञहरू पनि छक्क परेका छन् ।

इयरभिलमा बस्ने एक महिलाले आफ्नो घरबाहिर डेढ मिटर लामो सर्प रहेको भनी सर्पविशेषज्ञलाई फोन गरेर बताइन् ।

साधारणतया ट्री ब्राउन सर्प कहिलेकाहीँ देखापरेपनि छिट्टै हराइहाल्छ र प्रायः फेरि देखिँदैन । तर महिलाका अनुसार त्यो सर्प दुई घन्टादेखि जहाँको त्यहीँ थियो ।

त्यसपछि उनले सर्पविशेषज्ञ म्याट ह्यागनलाई घरमा बोलाइन् । उनले आएर हेर्दा सर्पले आफ्नो गर्दनलाई मुखले च्यापेको र उसको मृत्यु भएको देखे ।

सर्प यसरी मरेको देखेर उनलाई शंका लाग्यो र उनले यसको परीक्षण गरे । परीक्षण गर्दा पो थाहा भयो, सर्प आफ्नै विष लागेर मरेको रहेछ । अर्थात्, सर्पले आफूले नै आफैंलाई टोकेर आत्महत्या गरेको रहेछ ।

ट्री ब्राउन स्नेक अत्यन्तै विषालु साँप हो र यो मुख्य रूपमा अस्ट्रेलियामा पाइन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्