१३ असार २०८३, शनिबार
मन्त्रिपरिषद्को निर्णय

नेपाल प्रहरीको ३० औं महानिरीक्षक बने वसन्त कुँवर

चैत १०, २०७९
नेपाल प्रहरीको ३० औं महानिरीक्षक बने वसन्त कुँवर
प्रहरी महानिरिक्षक धिरजप्रताप सिंहबाट एआइजीको तक्मा लगाउँदै वसन्त कुँवर : फाइल तस्वीर

नेपाल प्रहरीको ३० औं प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवँर भएका छन्। 

आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्ले एआईजीमा १ नम्बर रहेका कुवँरलाई आईजीपी बनाएको हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कुँवरलाई महानिरीक्षक नियुक्त गरिएको पुष्टि गरे ।

एक हप्ता अगाडि डीआईजीबाट ५ जनालाई एआईजीमा सरकारले बढुवा गरेको थियो ।

एआईजीमा बसन्तबहादुर कुवँर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्रचार्यलाई एसएसपीबाट डीआईजीमा १० महिना अगाडि बढुवा गरेको थियो ।

आज ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी धीरज प्रताप सिंहसहित अन्य ३ जना एआईजीले पनि अवकाश पाएका छन् ।

एआईजीहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनीले अनिवार्य अवकाश पाएका हुन्। 

salt training

कमेन्ट गर्नुहोस्