
नेपाल प्रहरीको ३० औं प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवँर भएका छन्।
आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्ले एआईजीमा १ नम्बर रहेका कुवँरलाई आईजीपी बनाएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कुँवरलाई महानिरीक्षक नियुक्त गरिएको पुष्टि गरे ।
एक हप्ता अगाडि डीआईजीबाट ५ जनालाई एआईजीमा सरकारले बढुवा गरेको थियो ।
एआईजीमा बसन्तबहादुर कुवँर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्रचार्यलाई एसएसपीबाट डीआईजीमा १० महिना अगाडि बढुवा गरेको थियो ।
आज ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी धीरज प्रताप सिंहसहित अन्य ३ जना एआईजीले पनि अवकाश पाएका छन् ।
एआईजीहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनीले अनिवार्य अवकाश पाएका हुन्।