
दक्षिण भारतीय मलयालमकी चर्चित अभिनेत्री अनिका विक्रमनले आफ्नो पूर्वप्रेमीमाथि दुर्व्यवहारको आरोप लगाएकी छन् ।
उनले ७ मार्चमा सामाजिक सञ्जालमा केही तस्बिर राखेकी थिइन्। जहाँ उनी घाइते अवस्थामा देखिएकी छन्। उनका अनुहार र आँखामा धेरै चोटहरू देखिएका छन्।
यस विषयमा उनका पूर्वप्रेमी अनूप पिल्लईले भने अनिकाको आरोप झुटो भएको र पीडित उनी आफैं भएकी बताएका छन्। आफैँलाई अनिकाले मानसिक र शारीरिक यातना दिने गरेकी उनले खुलाएका छन्। बरू एक पटक अनिकाले हिर्काउँदा आफ्नो कानको जाली फुटेको उनले उल्टै आरोप लगाएका छन्।
अनुपले भनेका छन्, ‘हामी सन् २०१६ देखि रिलेसनसिपमा थियौं । म र उनी सँगै बस्ने गर्थ्यौँ । फिल्ममा काम नपाएको भन्दै उनले एल्बम निकाल्न आग्रह गरिन् । तर, दुर्भाग्यवश त्यो एल्बम बनेन। यसपछि उनी अर्कैसँग सम्पर्कमा गइन् । यसबीचमा उनले कयौं पटक मसँग प्याचअप गर्ने प्रयास पनि गरेकी थिइन्।
अनिका आफूसँगको सम्बन्धलाई पूर्ण रुपमा अन्त्य गर्न तयार पनि नभएको अनुपले बताएका छन्। मदिरा खाएर आफूसँग कैयौँपटक अनिकाले दुर्व्यवहार गरेको पनि उनले आरोपमा भनेका छन्।