×

NMB BANK
NIC ASIA

चर्चामा ‘फूल मायामा न भूल’, निर्देशक खड्का भन्छन् – टिकटकले युट्युब भ्युजलाई फाइदा ग-यो

चैत १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

यो मायालाई आजै हो देखेको
देब्रे गाला चन्द्रमा लेखेको
फूल मायामा न भूल
आजैको देखेको, देब्रे गाला चन्द्रमा लेखेको 
फूल मायामा न भूल, ए फूल मायामा न भूल

Sagarmatha Cement
Muktinath Bank

केही दिनयता चर्चामा छ यो गीत । टिकटकमा निकै छाएका छन् गीतका टुक्काहरू । युट्युबमा भ्युज बढिरहेको छ । ८ दिनअघि पूर्णकला बिसी र राजु आरडीको स्वरमा ‘फूल मायामा नभूल’ गीत सार्वजनिक गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनबहादुर गायकको शब्द एवं संगीत र प्रविण गुरुङको स्वरमा रहेको पुरानो चर्चित गीतलाई पुनः रेकर्ड गरेर भिडियोसहित यो गीत सार्वजनिक गरिएको हो । 


Advertisment
Nabil box
Kumari

गीतमा संगीत संयोजनको काम कृष्ण केसीले गरेका छन् । मदन खड्काको कोरियोग्राफी, खड्कासँगै दीलिप गायकको संयुक्त निर्देशन रहेको भिडियोमा राजु आरडी, बबिता बानियाँ ‘जेरी’, रिया खड्का, रञ्जिता लामा लगायतको अभिनय छ ।

Vianet communication
Laxmi Bank

यो गीत सार्वजनिक भएको छोटो समयमै टिकटकमा चर्चामा आएको थियो । गीतमा थुप्रैले टिकटक भिडियो बनाए ।

फलस्वरुप भिडियोले आइतवार दिउँसोसम्म युट्युबमा १७ लाख ५० हजार प्लस भ्युज पाइसकेको छ । 

निर्देशक मदन खड्का

भिडियोका कोरियोग्राफर एवं निर्देशन मदन खड्काले भिडियोको भ्युज बढ्नुमा टिकटकले फाइदा पुर्याएको बताए ।

‘अहिले त गीत प्रमोसनको माध्यम नै टिकटक बनेको छ’ खड्काले भने, –‘यो गीतलाई पनि टिकटकले फाइदा पुर्यायो । टिकटकमा गीत मन पराइएपछि युट्युबमा भिडियो खोजेर हेर्नेहरू बढ्नुभयो । त्यसपछि गीतले राम्रो भ्युज पाउँदै गयो ।’ उनका अनुसार यो गीतमा लाखौं टिकटक भिडियो बनेका छन् ।

दुर्गा पौडेलको छायाँकन रहेको यो गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x