×

Nic Asia
Dabur
Prabhu Bank

बेदकोटमा १५ शय्याको अस्पताल भवन निर्माण हुँदै

चैत १४, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि बेदकोट नगरपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण अगाडि बढाइएको छ ।

yONNEX
Frooti
Appy

नगरपालिकाको वडा नम्बर ३ मा ९ करोड ७४ लाखको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

अस्पताल भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवा कम्पनीलाई जिम्मा दिइएको छ । निर्माण कम्पनीसँग अस्पताल निर्माणका लागि २ वर्षअघि ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भए पनि साइड क्लियर नहुँदा निर्माण ढिलो गरी शुरू भएको छ । 


Advertisment
Lokantar App
Saurya island

नगर प्रमुख भोजराज बोहराले अस्पताल निर्माण अगाडि बढेको बताए ।

JYOTI
Vianet communication

‘अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भए पनि आवश्यक जग्गाको व्यवस्थापन नहुँदा कार्य अगाडि बढ्न सकेको थिएन,’ उनले भने, ‘जग्गा व्यवस्थापन गरी निर्माण व्यवसायीलाई तोकेता गर्‍यौं, साइड क्लियर भएपछि निर्माण अगाडि बढेको छ ।’

उनका अनुसार अस्पताल निर्माणका लागि शारदा माध्यमिक विद्यालयले ७ कठ्ठा, सामुदायिक वनले ५ कठ्ठा गरी १२ कठ्ठा जग्गा उपलब्ध गराएको छ । अस्पतालका लागि २ वटा भवन, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीका लागि आवासीय भवन निर्माणका लागि योजना निर्माण गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टका अनुसार २ वर्षभित्रै निर्माणकार्य सक्ने गरी विक्रम संवत् २०७७ सालमा ठेक्का सम्झौता भएको थियो ।
 
अस्पताल निर्माण भई सञ्चालनमा आएपछि यस क्षेत्रका वासिन्दाले चिकित्सकीय सेवा लिनका लागि महेन्द्रनगर र भारततर्फ जानुपर्ने झन्झट हटेर जाने बताइएको छ । नगरपालिकामा हालसम्म २ वटा स्वास्थ्य चौकी, २ वटा २४ घण्टे बर्थिङ सेन्टर र १० आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २६, २०८०

केही महिना अगाडिसम्म जीवन कति दिन होला भन्ने चिन्तामा रहेका बाबुराम विश्वकर्मा दम्पती दोस्रो जीवन पाएको खुसी बोकेर आज घर फर्किएको छ ।  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११औँ कलेजो प्रत्यारोपण गरि...

जेठ २५, २०८०

अंगुर गजबको फलफूल हो । यो मीठो भएपनि यसमा चिनीको मात्रा पटक्कै हुँदैन । अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् । अनेकौं रोगबाट अंगुरले जोगाउ...

जेठ २६, २०८०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ ।  मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आज सङ्घ, प्रदेश  र स्थानीय स्तरका ...

जेठ २५, २०८०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन शुरु गरेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठ आजदेखि नौ जिल्लाम...

जेठ २६, २०८०

क्यान्सर शरीरको जुनसुकै अंगमा हुन सक्छ । र, जुनसुकै उमेरका मानिसमा पनि हुन सक्छ । यसैले यस रोगबारे सधैँ सचेत हुन आवश्यक हुन्छ । क्यान्सरबाट बच्नका लागि यस्ता खाद्यपदार्थको प्रयोग गर्नु लाभदायक हुन्छ : लसुनमा भ...

जेठ २४, २०८०

काठमाडौं— अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ । स्वाद पनि यसको गजबको हुन्छ ।  टन्नै फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ । यसले भुँडी ल...

गाँजा फाँडेर भीख मागिरहेको देश !

गाँजा फाँडेर भीख मागिरहेको देश !

जेठ २६, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

ad
x