माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा प्रधानमन्त्रीको तेस्रो कार्यकाल शुरू गरेको आगामी साता (चैत २१ गते) सय दिन पुग्दैछ । संसदीय व्यवस्था अपनाएका मुलुकमा सरकारको पहिलो सय दिनलाई ‘हनीमून पिरियड’को रूपमा लिने गरिन्छ ।
यो अवधिमा प्रतिपक्षले समेत सरकारको आलोचना नगर्ने प्रचलन छ । सिद्धान्ततः माओवादीले संसदीय व्यवस्थालाई स्वीकार गरेको छैन । व्यावहारिक रूपमा भने संवत् ०५० को दशकको राप्रपाले जस्तै चरित्र देखाएको छ ।
माओवादीको विरोधाभाष यहीँनेर छ, संसदीय व्यवस्था मान्दिनँ भन्छ, तर तेस्रो दल बन्दा पनि प्रधानमन्त्री ताक्छ । माओवादीको संसदवादको सिद्धान्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘रक्सी खानेहरू एमाले हुँदैनन्’ भनेजस्तै भएको छ । न एमाले नेता रक्सी खाँदैनन् भनेर पत्याउन सकिन्छ, न माओवादी अब संसदवादी रहेन भनेर पत्याउन सकिन्छ । नेपालको राजनीतिमा आदर्श र सिद्धान्तका कुरा कागजमा सीमित बनिसकेका छन् ।
सय दिनसम्म सरकारलाई आलोचना नगर्ने परम्परा हो, राजनीति शास्त्रको सिद्धान्त होइन ।
सरकारको नेतृत्वमा आएको व्यक्तिले कम्तीमा सय दिन जनतालाई निराश बनाउँदैन भन्ने विश्वासमा आलोचना नगरिने परम्परा हो । प्रचण्ड सरकारले व्यवहारतः त्यो मान्यतालाई भत्काइदिएको छ ।
प्रधानमन्त्री प्रचण्ड घोडेजात्राको दिन पाटनमा दौडाउने एक्लो घोडा जस्तै बनेका छन्, सरकारको एक्लो सारथि । झण्डा हल्लाउनका लागि सरकारसँग केही जागिरे मन्त्री छन्, न उनीहरूले जनताको काम गरेका छन्, न सरकारको प्रतिरक्षा नै ।
प्रधानमन्त्री बनेको सय दिनमा प्रचण्डले कुनै त्यस्तो निर्णय गरेनन्, जसलाई नेपाली जनताले पछिसम्म सम्झिरहून् । एउटा निर्णय गरे, त्यो विवादमा पर्यो, माओवादी जनयुद्धमा मारिएकाहरूको नाम शहीदका रूपमा राजपत्रमा प्रकाशित गर्ने । आमरूपमा सर्वस्वीकार्य नभएपनि त्यो निर्णयले देशमा परिवर्तनका लागि ज्यान आहुती दिएका सोझासिधा नागरिकप्रति भने न्याय भएको नै मान्नुपर्छ ।
भूतले खाजा खाने समयमा सिंहदरबार यात्रा
नेकपा एमालेले बोकेर प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग सहयात्रा शुरू गरेका प्रचण्डमा शुरूआती दिनहरूमा जोश जाँगर देखिन्थ्यो । आफैंलाई चितवनबाट विस्थापित गराएर गोरखा पुर्याएका रवि लामिछानेदेखि भ्रष्टाचारको विरोध गरेर हैसियत बनाएका राजेन्द्र लिङ्देनसम्मलाई प्रचण्डले सरकारमा समेटेका थिए ।
पुस ११ गते शपथपछि बसेको मन्त्रिपरिषद् बैठकले जनतालाई प्रत्यक्ष राहत दिने खालका निर्णय गरेको थियो– सरकारी सेवा प्रवाहको लाइन हटाउने । छोटो समयमा घर फर्केका केही मन्त्रीहरूले स्टन्ट गरे । तर, सरकारी कार्यालयमा सेवाग्राहीको लाइन जस्ताकोतस्तै छ, खासगरी सरकारी अस्पतालमा त्यस्तो लाइन देख्न सकिन्छ । स्वास्थ्यका लागि जनताले कुन हदसम्मको कष्ट व्यहोरिरहेका छन्, यसप्रति स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी लिएका प्रधानमन्त्रीले अन्देखा गरिरहेका छन् ।
मिडिया र विश्लेषकहरू सरकारको आलोचना गर्छन् भन्ने सत्तामा बस्नेहरूको सनातनी बुझाइ छ । सरकारप्रति जनताको धारणा के छ भनेर बुझ्न प्रधानमन्त्रीले एकजना कारिन्दालाई सरकारी अस्पतालको लाइन या सार्वजनिक यातायातमा पठाए पुग्छ ।
‘स्थायी सरकार’ भनिने कर्मचारीतन्त्रले प्रधामनन्त्री–मन्त्रीका निर्देशन सुनेर उडाउने गरेका छन् । स्थायी सरकारले राजनीतिक सरकारलाई सघाएको हुन्थ्यो भने सरकारी सेवा प्रवाहमा लामा लाइन देखिने थिएनन् । आफ्ना व्यक्तिगत स्वार्थको काम छाडेर जनताको काम गर्न कोही राष्ट्रसेवक तयार छैनन् ।
नेपाल सरकारका उच्चतहका एक कर्मचारीले पंक्तिकारसँग हालै भनेका थिए, ‘कर्मचारीले काम गरेका छन्/छैनन् भनेर न कोही मन्त्रीले सोध्छन्, न कहीँ कतै मूल्यांकन हुन्छ । सचिवको निर्देशन खरदारले टेर्दैन, बरु सरुवाको धम्की दिन्छ । यस्तो अराजकतामा जनताले कसरी सेवा पाउँछन् ?’
महंगी, अभाव र गरिबीका कारण सर्वसाधारण निसास्सिएका छन् । जनताको दैनिक जनजीविकाको मुद्दा सरकारको प्राथमिकतामा छैन । धन्न संसद्मा नेमकिपाका प्रेम सुवाल छन् र उनले बोलिरहेका छन् ।
अनिष्टका संकेत !
सार्वजनिक कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डलाई दुर्गा प्रसाईं र ज्ञानेन्द्र शाही प्रशिक्षित केही उच्छृङ्खल युवाले नाराबाजी गरे । ‘हत्यारा र जनतामारा’को आरोपसहित प्रचण्डका अगाडि नारा लगाइयो । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका युवाको मुख थुनेको दृश्यले सरकारको आलोचना बढायो । एमाले उपमहासचिव विष्णु रिमालले ‘देउवाले कम्युनिस्ट शासनमा रुन पाइँदैन भनेकोमा उहाँकै समर्थन रहेको सरकारले मान्छेको मुखै थुन्न लाग्यो’ भन्दै कटाक्ष गरेका छन् । सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी हुनु अनिष्टको संकेत हो ।
प्रचण्ड सरकारले मधुमासको तयारी गरिरहेको समयमा तराईका मिटरब्याजीपीडितहरू काठमाडौं आएर धर्नामा बसेका छन् । खुलामञ्चको गेटबाहिर बगिरहेका गरीबका आँसुले सरकार र राजनीतिक दलका नेताको चरित्र उजागर गरिदिएको छ ।
अर्कातिर ऋण उठाउन गाउँमा गएका बैंक तथा वित्तीय संस्थाका कर्मचारी कुटिन थालेका छन् । देशमा शान्ति सुरक्षा र अमनचयन नहुनुको यो अर्को उदाहरण हो । दुर्गा प्रसाईं (जसको घरमा मार्सीको भात र मालीगाईको घ्यु खान प्रचण्ड जाने गर्दथे)ले बैंकको ऋण नतिर्ने अभियान चलाएर राज्यलाई चुनौती दिएका छन् । विगतमा आफैंले प्रबर्द्धन गरेका बाइ-प्रडक्टहरू प्रचण्डका लागि टाउको दुखाइको विषय बनेको छ ।
तरबारको धारमा अनिश्चितताको यात्रा
फागुन २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिएर फर्किँदै गर्दा प्रधानमन्त्री प्रचण्डले वैशाखको पहिलो साता भारतको भ्रमण गर्ने बताएका थिए । चैतको आधाआधीसम्म पनि औपचारिक निम्तो आएको छैन । भारतबाट विदेश भ्रमण गर्ने भनेर बोआओ सम्मेलनमा नगएका प्रचण्डलाई अहिलेसम्म दिल्लीबाट निमन्त्रणा आएको छैन ।
यता, प्रतिपक्षी भूमिकामा रहेका एमाले अध्यक्ष केपी ओलीले शेरबहादुर देउवा र प्रचण्ड सरकारमा आएपछि देशको भूगोल खुम्चिएको गम्भीर आरोप लगाएका छन् । ‘मैले प्रधानमन्त्रीबाट छाड्दा जत्रो देश थियो, प्रचण्ड शेरबहादुरले अलिकति खुम्च्याए । उनीहरूले आफ्नो भू–भाग नदेखेझैं गरे,’ ओलीले भने, ‘हो र ! मैले त देखिनँ । कस्तो दलाली, कस्तो चाकडी ? देश मिचिएको रक्षा गर्ने कर्तव्य सरकारमा बस्नेको हो ? मैले यति बोलेपछि भोलि कुम्लोकुटुरो बोकेर, टिकट काटेर कुरा लगाउन जान्छन् । हजुर ! केपी ओलीले पाल्पामा पुगेर भूगोलको कुरा गर्यो, त्यसलाई आउन दिन हुन्न भन्छन्,’ मंगलवार ओलीले पाल्पामा भनेका थिए ।
प्रचण्ड यस्तो अप्ठ्यारोमा छन्, न उनले भारत भ्रमणमा जाँदा अतिक्रमित भूमि फिर्ता गर्न भारतसँग कुरा राख्न सक्छन्, न यो विषय उठाउँदिनँ भनेर भन्न सक्छन् । गत साउनमा भएको भ्रमणका बेला सीमाको विषय उठाएबापत प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट स्थगित भएको थियो । अतिक्रमित भूमि फिर्ताको विषय ओलीले कोट्याइरहने छन्, जसको जवाफबाट प्रचण्ड भाग्न पाउने छैनन् ।
काठमाडौंका मेयर बालेन शाहले सरकारको अस्थिरताको कुरा उठाएपछि बुधवार प्रचण्डले यो सरकार पाँचै वर्ष चल्ने आधारहीन दावी गरे ।
राजनीतिक दाउपेचका कारण ५ महिनामै चिप्लिन पनि सक्छन्, या पाँचै वर्ष चलाउलान् । सरकारको सय दिनको लक्षण हेर्दा शेरबहादुर देउवा र माधव नेपालले पाँचै वर्षको तमसुक गरिदिए पनि प्रचण्ड स्वयंले बीचमै भारी बिसाउने छन् । थाहा नपाएझैँ गरेपनि चतुर राजनीतिक खेलाडी प्रचण्डलाई थाहा छ, सरकारको कार्यशैलीबाट जनता पटक्कै सन्तुष्ट छैनन् । जनताको असन्तुष्टिलाई आधार बनाएरै दशक लामो सशस्त्र संघर्ष गरेका प्रचण्डले झण्डै त्यस्तै स्तरको कुशासनबाट जनता सन्तुष्ट छन्, भनेर भाषण गरे पनि उनको आत्माले त्यो सही भनेर नभन्नुपर्ने हो ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...