×

NIC ASIA

अमेरिकी विदेशमन्त्री ब्लिङ्केनको आरोप– युद्धविरामबारे हमास नेतृत्वको मनसाय अस्पष्ट

काठमाडाैं | बैशाख २३, २०८१

Prabhu Bank
NTC
Premier Steels

वासिङ्टन–अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजराइलसँगको युद्धविराम सम्झौतालाई स्वीकार गर्न हमासले कुनै ‘सोचविचार’ गर्नु नपर्ने बताएका छन् । यद्यपि हमासको गाजा आधारित नेतृत्वको मनसाय अस्पष्ट रहेको उनले आरोप लगाए ।

Muktinath Bank

गाजापट्टीलाई नियन्त्रण गरेको हमासले बन्धकहरूलाई मुक्त गरेको बदलामा इजराइलको आक्रमणलाई अस्थायीरूपमा रोक्ने इजिप्ट र कतारको मध्यस्थतामा लामो समयदेखि जारी वार्ता पुनः शुरू गर्नका लागि आफ्नो प्रतिनिधिमण्डल शनिबार कायरो फर्कने घोषणा गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘वास्तवमा युद्धविराम र बन्धकहरूको रिहाइको जवाफमा उनीहरूले हुन्छ भन्न सक्छन् वा सक्दैनन् भन्नेबारेमा हामीले प्रतीक्षा गरिरहेका छौँ,’ ब्लिङ्केनले शुक्रबार भने, ‘अहिलेको वास्तविकता भनेको गाजाका जनता र युद्धविरामको बीचमा उभिएको एक मात्र चिज हमास हो ।’


Advertisment
Nabil box
Kumari

लडाकूहरूले प्यालेस्टिनी जनताको ‘प्रतिनिधित्व गरेको दाबीलाई’ ध्यानमा राख्दै ब्लिङ्केनले भने, ‘यदि यो सही हो भने युद्धविरामलाई ग्रहण गर्न कुनै सोचविचार गर्न जरुरी छैन, तर सम्भवतः अरु केही भइरहेको छ र आगामी दिनमा हामीसँग यसको राम्रो चित्र हुनेछ ।’

Vianet communication

विदेशमन्त्री ब्लिङ्केनले हमाससँगको वार्तामा कठिनाइहरू औँल्याए । हमासलाई अमेरिकाले आतङ्कवादी समूह मान्छ र प्रत्यक्षरूपमा वार्तामा सामेल हुँदैन । हमासलाई इजराइलले समाप्त पार्ने वाचा गरेको छ । 

‘कतारी र इजिप्टेलीमार्फत हामीसँग अप्रत्यक्षरूपमा संलग्न रहेका हमासका नेताहरू निश्चितरूपमा गाजाबाहिर बस्छन्,’ ब्लिङ्केनले भने, ‘अन्तिम निर्णय लिनेहरू वास्तवमा गाजामा बस्छन् र उनीहरूसँग हामीमध्ये कसैको पनि प्रत्यक्ष सम्पर्क छैन ।’

ब्लिङ्केनले मध्यपूर्वको आफ्नो पछिल्लो भ्रमणमा इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र अन्य शीर्ष नेताहरूसँग भेट गरेको केही दिनपछि एरिजोनामा म्याक्केन इन्स्टिच्युटको सेडोना फोरमलाई सम्बोधन गर्दै छन् ।

ब्लिङ्केनसँगको आफ्नो छलफलअघि नेतान्याहुले युद्धविराम वार्ताको नतिजालाई परवाह नगरी दक्षिणी गाजा सहर रफाहमा आक्रमण अगाडि बढाउने बाचा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले इजराइललाई रफाहमा नजान बारम्बार चेतावनी दिएको छ । रफाहमा करिब १२ लाख प्यालेस्टिनीले आश्रय लिएका छन् । 

ब्लिङ्केनले इजराइलले अहिलेसम्म ‘हानिमा परेका नागरिकहरूको वास्तविक सुरक्षाका लागि विश्वसनीय योजना’ पेस गर्न नसकेको बताए । इजराइलले सैन्य र कूटनीतिक समर्थनका लागि अमेरिकामा भरोसा गर्छ । ‘यस्तो कुनै पनि योजनाको अभावमा हामी रफाहमा हुने ठूलो सैन्य अभियानको समर्थन गर्न सक्तैनौँ किनकी यसबाट हुने नोक्सान स्वीकार्यको सीमाभन्दा बाहिर छ,’ उनले भने । 

युद्धमा नागरिकहरूको मृत्युलाई लिएर विश्वव्यापी आलोचना बढेको छ भने बाइडेन प्रशासनमाथि पनि दबाब छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x