×

NMB BANK
NIC ASIA

कोरोना विरुद्धको ‘बुस्टर डोज’ खोप लगाउनेको संख्या न्यून

चैत २०, २०७९

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

कञ्चनपुरमा कोभिड विरुद्धको बुस्टर डोज खोप लगाउनेको संख्या न्यून छ ।

Muktinath Bank

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीवारदेखि ‘बुस्टर डोज’ खोप अभियान शुरूआत गरेको थियो । खोप लगाउनेको संख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुँवरले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतबाट नेपाल फर्किनेमा कोरोना संक्रमण देखिन थालेपछि कोभिड विरुद्धको तेस्रो मात्रा र चौथो मात्राको खोप अभियान शुरू भएको थियो तर खोप अभियानका सहभागीको संख्या न्यून रहेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

‘खोप लगाउनेको संख्या धेरै कम छ पहिलो डोज पछि धेरै मानिस खोप लगाउन आएनन्,’ उनले भने, ‘अहिलेको खोप अभियानमा पनि खोप लगाउन आउनेको संख्या धेरै कम छ, खोप लगाउन सबैलाई आग्रह गर्छौं ।’

Vianet communication

अहिले ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, गर्भवती र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बुस्टर डोजका रूपमा खोप दिन थालिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले बुस्टरडोज लगाउन आउने संख्या न्यून रहेको बताइन् । ‘हाम्रो नगरपालिकामा ५ हजार ४०० डोज खोप आएको छ,’ उनले भनिन्, ‘शनिवारसम्म करीब १ हजार ५०० जनाले मात्रै खोप लगाएका छन्, यो न्यून हो । उनले सोमवार खोप अभियानको अन्तिम दिन भएकाले संख्या बढ्न सक्ने बताइन् ।

‘हामीले गाउँगाउँमा माइकिङ समेत गरेका हौं,’ उनले भनिन्, ‘यसपटक बुस्टर डोज लगाउन न्यून मानिस आए ।’ 
    
भीमदत्त नगरपािलकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले पनि पालिकामा १० हजार डोज खोप आए पनि खोप लगाउने मानिसको संख्या धेरै कम रहेको बताए । ‘पहिलोपटक खोप लगाउँदा भ्याइँनभ्याइँ थियो, अहिले आएको खोप समेत फिर्ता गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘सबै वडाका स्वास्थ्य संस्थामा खोप उपलब्ध छ लगाउन आउनेको संख्या न्यून छ ।’
    
कार्यालयका अनुसार कञ्चनपुरमा बुस्टर डोजका लागि ५० हजार डोज खोप आएको छ । कार्यालयको तथ्यांकअनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले मात्रै कोभिड विरुद्धको खोप लगाएका छन् । जिल्लामा ४ लाख ४ हजार ५४५ जनाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । 

त्यसैगरी ३ लाख ६४ हजार ७८५ जनाले दोस्रो मात्रा लगाएका छन् भने २ लाख १६ हजार ६६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन् । पहिलो मात्रापछि खोप लगाउनेको संख्या घट्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x