×

NMB BANK
NIC ASIA

उपनिर्वाचन विशेष

चितवन– २ को उपचुनाव : मतदातामा छैन खास उत्साह, त्रिपक्षीय प्रतिस्पर्धाको सम्भावना

चैत २८, २०७९

NTC
Premier Steels

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा अहिले उपचुनावको माहोल जोडतोडले तातेको छ ।

Muktinath Bank

राजनीतिक दलका कार्यकर्ताहरू आ–आफ्ना उम्मेदवारको प्रचारप्रसारमा व्यस्त छन् । नेताहरू आफूले गर्ने काम र विगतमा गरेका कामबारे बताउन व्यस्त छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उम्मेदवारहरू एकले अर्कालाई कटाक्ष पनि गरिरहेका छन् । चितवन क्षेत्र नम्बर २ को चुनावी मैदानमा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुख्य प्रतिस्पर्धामा छन् ।


Advertisment
Nabil box
Kumari

राजनीतिक दल र उम्मेदवारहरूलाई चुनाव जोडतोडले लागे पनि मतदातामा उत्साह भने खासै पाइँदैन । चितवन– २ अन्तर्गत पर्ने कालिका नगरपालिकामा पुगेर मतदाताहरूसँग कुराकानी गर्दा अधिकांशले राजनीतिक दल र नेताहरूप्रति गुनासो पोखे ।

Vianet communication

कालिका नगरपालिकाका स्थानीय

कालिका नगरपालिका– ६ नयाँ टोलका ८७ वर्षीय बालानन्द बजगाईंले अहिलेका नेताहरूले आफ्नो झोली भर्ने काम मात्र गरेको गुनासो गरे ।

‘जो आए पनि उस्तै हो, सबै आफ्नो झोला भर्न, आफ्नो तीन पुस्तासम्मलाई कमाउन मात्रै लागे, तर जनताको दुःख बुझ्न कोही आएको देखिएको छैन,’ बालानन्दले लोकान्तरसँग भने, ‘अहिलेका नेताहरू काम गर्छु त भन्छन्, तर के गर्छन् थाहा छैन ।’

बालानन्द बजगाईं

विगतमा विकास निर्माणका केही काम भए पनि अहिले नेताहरूले सत्तामा मात्र हारालुछ गरिरहेको उनको बुझाइ छ ।

सोही ठाउँका ८० वर्षीय जीतनारायण खनाल पुराना दलहरूप्रतिको असन्तुष्टिकै कारण जनताले नयाँलाई रोजेको बताउँछन् । नयाँलाई पनि काम गर्न नदिएको उनको आरोप छ ।

‘पुराना नेताहरू आफूले काम गर्न सकेनन्, नयाँलाई पनि गर्न दिएनन्,’ खनालले भने ।

जीतनारायण खनाल

कांग्रेस–एमालेसहितका पुराना दलहरू स्थानीय स्तरमा चिनिएका युवा उम्मेदवार अगाडि सारेर आक्रामक प्रचारप्रसारमा छन् ।

मंसिर ४ मा आफ्नै कार्यकर्ताले समेत मत नदिँदा हार्नुपरेको निष्कर्ष नेपाली कांग्रेस कालिका नगर कमिटी सचिव फणिन्द्र लामिछानेले सुनाए ।

‘यो ठाउँमा हामी ४७० क्रियाशील सदस्य हौं, तर भोट भने ४४० मात्र आयो । ३० भोट कहाँ गयो त ? आफ्नै सक्रिय सदस्य त भ्रमको भेलमा पर्नुभयो भने जनताहरू नपर्ने त कुरै भएन,’ मंसिर ४ को चुनावी विश्लेषण गर्दै उनले भने ।

स्थानीय मतदाता

जनताले जिताएर पठाएको व्यक्तिकै कमजोरीका कारण पुनः चुनाव गर्नुपर्ने स्थिति आएको उनको तर्क छ ।

‘तपाईं आफैं भन्नुस् त, उहाँ (रवि)को नागरिकताको आरोप त पुष्टि भएको हो नि, उहाँले होइन भन्न त पाउनुहुन्न होला । देश नै कमजोर आर्थिक अवस्थामा रहेका बेला उहाँकै कारण फेरि चुनाव गर्नुपरेको छ ।’

विमला श्रेष्ठ

कांग्रेसकी कार्यकर्ता विमला श्रेष्ठले एउटा व्यक्तिका कारण जनताले दुःख पाउनुपरेको तर्क गर्दै आगामी दिनमा त्यस्तो अवस्था नआउने गरी मतदान गर्न आफूहरूले भनिरहेको बताइन् ।

‘हामीलाई त यहाँको माटो बुझेको, हरेक दुःखसुखमा, मर्दापर्दा साथ दिने नेता चाहिएको हो नि, बाहिरबाट आएका नेताहरूले यहाँको समस्याबारेमा कहिल्यै बुझेनन्,’ श्रेष्ठले लोकान्तरसँगको कुराकानीमा भनिन् । 

कालिका नगरपालिका– ४ का केही स्थानीयले हिजो ठूलो मतान्तरले जितेर गएका व्यक्तिलाई काम गर्न नदिएको गुनासो गरे ।

नयाँटोलकी ७८ वर्षीया रंगकुमारी रेग्मीले बुढाखाडा नेताहरूले नयाँलाई काम गर्न नदिएको तर्क गरिन् । 

रंगकुमारी रेग्मी

‘यी बुढाखाडाले काम गर्न दिएनन्,’ उनले भनिन्, ‘युवालाई जिताएको हो । हुन त अहिले अरू पनि युवा नै आएका छन् भन्छन् ।’

५५ वर्षीय कुमार आलेले अब जुन दलले जिते पनि युवाहरू देश हाँक्ने ठाउँमा पुग्नुपर्ने बताए । 

‘देश बनाउन नयाँ पुस्ता, युवा पुस्ता आउनुपर्ने देखियो । पुरानाले अहिलेसम्म केही गरेका छैनन् । हिजो भएका विकास निर्माणका कामहरू पनि भत्काएका छन्,’ आलेले लोकान्तरसँग गुनासो गरे ।

कुमार आले

३६ वर्षीया भावना क्षेत्रीले नेताहरू विकास निर्माणका लागि भन्दा पनि भोट मात्रै माग्न आउने गरेकाले दुःख लागेको बताइन् । 

‘यहाँको अवस्था के छ भन्नु भन्दा पनि भोट माग्न मात्रै आउँछन्, त्यसले गर्दा निकै दुःख लाग्छ,’ क्षेत्रीले भनिन् । 

भावना क्षेत्री

आफूहरूको आवश्यकताबारे ध्यान दिने नेता चाहिएको उनले बताइन् ।

‘हामी किसानलाई चाहिने त मल हो, बिउबिजन हो, त्यसको राम्रो प्रबन्ध गर्न सक्ने नेता चाहिएको हो,’ क्षेत्रीले थपिन् ।

कालिका नगरपालिकास्थित भटेनीका ८० वर्षीय शिवनाथ पौडेलले नेताहरूबारे कुरा गर्दा एउटा विम्ब प्रयोग गरे ।

शिवनाथ पौडेल

‘पुरानो जुत्तामा पोलिस लगाएजस्ता भए नेता । यसो गर्छौं, उसो गर्छौं भन्दै आउँछन्, तर गर्ने केही होइनन्,’ उनले निराशा व्यक्त गरे ।

मंसिर ४ मा यस क्षेत्रबाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर भएपछि उपनिर्वाचन हुन लागेको हो ।

अघिल्लोपटक भारी मतान्तरले चुनाव जितेका लामिछाने आफैं चुनावी मैदानमा छन् । ठूला दलहरूले आफ्नो मत संरक्षणमा विशेष ध्यान दिँदा रविलाई पनि चुनौती बढ्दै गएको देखिन्छ ।

एमाले उम्मेदवार न्यौपाने

स्थानीय मतदाताहरू यसपटक त्रिपक्षीय प्रतिस्पर्धा हुने अवस्था आउन सक्ने अनुमान गर्छन् । ठूला दलले स्थानीय स्तरमा भिजेका युवा नेताहरूलाई उतारेकाले प्रतिस्पर्धा रोचक हुने देखिएको हो ।

सोही चुनौती बुझेका लामिछाने पनि जोडतोडले प्रचार प्रसारमा छन् । 

पढ्नुहोस्, यो पनि :


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x