०३ साउन २०८३, आइतबार

नयाँ वर्षको अवसरमा बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

नयाँ वर्षको अवसरमा बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

स्मार्ट क्युआरले बिग मार्टसँगको सहकार्यमा नयाँ वर्षको दिन सामान खरीद गर्दा भुक्तानीमा छुट अफर ल्याएको छ। 

यस छुट अफरअन्तर्गत ग्राहकहरूले सम्पूर्ण सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत, अधिकतम १५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्। 

स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले बिग मार्टको सम्पूर्ण शाखाहरूमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन्। 

यस अफरअन्तर्गत बिग मार्टका सम्पूर्ण शाखामा एनआईसी एशिया मोबाइल बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एभरेष्ट बैंक, हिमालयन बैंक, पेवेल, रेमिट्याप, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आई क्यास तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

साथै हरेक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम, १५० रुपैयाँसम्म छुटका साथै अफर पनि  कायम नै रहेको जनाइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्