
वसन्तपुरमा पर्यटनसम्बन्धी फोटो प्रदर्शनी जारी छ । नेपालको पर्यटन र जात्रा भल्किने तस्बिरहरु प्रदर्शनीमा राखिएको छ ।

नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाली नयाँ वर्ष २०८० र नेपाल पर्यटन महोत्सवको अवसरमा नेपालका उत्कृष्ट पर्यटकीय स्थलका सुन्दरता झल्किने फोटो प्रदर्शनीमा राखिएको हो ।
प्रदर्शनीमा ६० वटा तस्बिर राखिएको छ ।

दुई दिनसम्म चल्ने प्रदर्शनी वैशाख १ गतेबाट शुरु भएको हो । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले आयोजना गरेको प्रदर्शनी आज समापन हुनेछ ।

स्वदेशी तथा विदेशी पर्यटकहरू प्रदर्शनीको अवलोकन गरेका छन् ।