०५ साउन २०८३, मंगलबार

भारतका प्रमुख सहरमा भोलिदेखि पर्यटन प्रवर्द्धन

भारतका प्रमुख सहरमा भोलिदेखि पर्यटन प्रवर्द्धन

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा भोलिदेखि वैशाख ८ गतेसम्म भारतका प्रमुख सहरमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम हुनेभएको छ ।

कोभिड– १९ को प्रभाव एवं अन्य विभिन्न घटनाक्रमले पोखराको पर्यटन सुस्ताइरहेको अवस्थामा पोखरा र नेपालको लागि महत्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, बाराणासी, अयोध्या र गोरखपुर लगायतका सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । ‘पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान तथा बि२बी भेट २०२३’ नामक कार्यक्रममा पोखराका पर्यटनसम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि एवं सञ्चारकर्मी सहभागी बन्ने नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिए ।

“कार्यक्रमका कार्यक्रममा टोलीले पटना, बाराणासी, अयोध्या र गोरखपुरमा त्यहाँस्थित पर्यटन सम्बद्ध सरकारी, निजी संस्थाका प्रतिनिधि, ट्राभल्स टुर्स अपरेटर र पत्रकारलाई आमन्त्रण गरी पोखरा र गण्डकी प्रदेशका पर्यटकीय गतिविधि समेटिएको श्रव्यदृश्य र त्यसको बारेमा जानकारी दिने प्रबद्र्धनात्मक सामग्री वितरण गरिने छ”, उनले भने, “त्यहाँस्थित आम नागरिकलाई पोखरा र नेपाल भ्रमण गर्न सुरक्षित र उपयुक्त रहेको भन्दै भ्रमणका लागि अनुरोध गर्ने हाम्रो योजना छ ।”

कार्यक्रममा पोखरा र गण्डकी प्रदेश पर्यटकका लागि सबै मौसममा भ्रमण गर्न उपयुक्त गन्तव्य हो भन्ने जानकारी दिइने महासचिव सङ्गीता पौडेलले जानकारी दिए । 

उक्त अवसरमा विश्वमै धार्मिक महत्व बोकेका शालिग्राम पाइने क्षेत्र हो भनि जानकारीसमेत गराइने कायक्रम संयोजक एवं नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष किशोर दाहालले बताए । 

salt training

कमेन्ट गर्नुहोस्