३० जेठ २०८३, शनिबार

शिक्षक र विद्यार्थीबीच अर्काको जुठो चाट्ने प्रतियोगिता (भिडियो)

बैशाख ८, २०८०
शिक्षक र विद्यार्थीबीच अर्काको जुठो चाट्ने प्रतियोगिता (भिडियो)

अमेरिकाको वाशिङटन राज्यमा रहेको डेजर्ट हिल्स मिडल स्कूलमा विद्यार्थी र शिक्षकबीच एकअर्काको जुठो चाट्ने प्रतियोगिता गरिएको छ ।

घटनाको भिडियो हेर्दा दिगमिग लाग्छ । त्यसमा विद्यार्थी र शिक्षकहरू विद्यालयको जिममा गएर एउटा शीशामा रोकिँदै अर्काको जुठो मार्शमेलो क्रीम चाटिरहेको देखिन्छ । 

घटना हुँदा प्रधानाध्यापक हाँसिरहेको र मोबाइल फोन निकालेर त्यसको भिडियो खिचिरहेको पनि देखिन्छ । विद्यार्थीहरू चाहिँ ‘छिः छिः’ र ‘कति घिनलाग्दो’ भनिरहेको सुनिन्छ । 

एक विद्यार्थीकी आमा स्यान्डी सेलिसबरीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै घटनाको बारेमा चिन्ता व्यक्त गरेकी छन् । 

केनेविकमा रहेको यस विद्यालयले छुट्टीअघि पैसा उठाउनका लागि यो प्रतियोगिता गराएको थियो । तर यस्तो घिनलाग्दो काम गराउने अनुमति किन दिइएको हो भनी सेलिसबेरीले प्रश्न उठाएकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्