१३ असार २०८३, शनिबार

कोभिडले एकको मृत्यु

कोभिडले एकको मृत्यु

बाँकको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस सङ्क्रमणबाट एकजनाको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए । 

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको  थियो ।

उनी यही वैशाख १ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उनलाई दमको पनि समस्या रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्