०३ साउन २०८३, आइतबार
एसीसी प्रिमियर कप

साउदी अरेबियासँगको खेल वर्षाका कारण रद्द, नेपाल सेमीफाइनलमा प्रवेश

बैशाख ११, २०८०
साउदी अरेबियासँगको खेल वर्षाका कारण रद्द, नेपाल सेमीफाइनलमा प्रवेश

वर्षाका कारण खेल हुन नसकेपछि नेपाल र साउदी अरेबियाले अंक बाँडेका छन् ।

एसीसी मेन्स प्रिमियर कपअन्तर्गत मूलपानी मैदानमा हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक-एक अंक बाँडेका हुन् ।

यससँगै नेपाल अन्तिम खेलअगावै ५ अंकसहित प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम खेल कीर्तिपुरमा कतारसँग हुनेछ । समूह विजेताको टुंगो उक्त खेलबाट लाग्नेछ ।

नेपालपछि ओमान ४ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ ।

१० टोली सहभागी यस प्रतियोगिताको विजेताले भारत र पाकिस्तानकै समूहमा रहेर एसिया कप खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्