०३ साउन २०८३, आइतबार
फ्लाई दुबई जहाजमा समस्या

आकस्मिक अवतरणको तयारी गर्दागर्दै १७५ यात्रु बोकेर गन्तव्यतिरै गयो जहाज

बैशाख ११, २०८०
आकस्मिक अवतरणको तयारी गर्दागर्दै १७५ यात्रु बोकेर गन्तव्यतिरै गयो जहाज
फाइल तस्बिर

सोमबार राति काठमाडौँ विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबैको जहाजमा उडेको केही मिनेटमै एकाएक समस्या देखियो । काठमाडौँ विमानस्थलबाट ९:२० मा उडेको २ मिनेटमै ७३७ बोइङ जहाजको बायाँ इन्जिनमा आगो देखिएको थियो ।

 ठुलो आवाज समेत आएको उक्त जहाजले सुरुमा काठमाडौँ विमानस्थलमै  आकस्मिक अवतरणको अनुमति माग्यो । आकस्मिक अवतरण गर्ने तयारी गर्दागर्दै पाइलले फेरि केही मिनेट आकासमै होल्ड गर्ने अनुमति मागे । 

जवकि, काठमाडौंमा आकस्मिक अवतरण गर्न त्रिभुवन विमानस्थलले अरु ६ वटा जहाजलाई होल्ड गराएको थियो । यो बीचमा ३ आन्तरिक र ३  अन्तर्राष्ट्रिय उडानका जहाज एक घन्टा आकासमा होल्ड भए । 

आकस्मिक अवतरणको तयारी गरेको जहाजले भने केहीबेर धादिङ माथिको आकाशमा होल्ड गर्यो । जहाजको सबै प्यारामिटर ठिक भएको भन्दै  आकस्मिक अवतरणको तयारी भएको उक्त जहाज  चालकदलका सदस्यसहित १७५ यात्रु बोकेर गन्तव्यतिरै गएको त्रिभुवन अन्तर्राष्ट्रिय बिमान्स्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए

पाइलटले निर्णय लिएर उडान निरन्तर गर्छु भनेपछि अनुमाति दिइएको तिवारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्