०६ साउन २०८३, बुधबार

रवि लामिछाने आफैंले ब्रेक गरे आफ्नै दुई रेकर्ड

बैशाख १२, २०८०
रवि लामिछाने आफैंले ब्रेक गरे आफ्नै दुई रेकर्ड

४ मंसिरको निर्वाचनमा सबैभन्दा फराकिलाे मतान्तरले जितेका रवि लामिछानेले ५ महिनालगत्तकैको निर्वाचनमा आफ्नै रेकर्ड तोडेका छन् ।

अघिल्लोपटक ४९ हजार ३०० मत ल्याएर ३४ हजार ३१२ मतान्तरले विजयी भएका रविले यसपटक मतगणना जारी हुँदै गर्दा ५० हजार मत कटाइसकेका छन् । अझै १० हजार बढी मतगणना गर्न बाँकी छ ।

देशभरका १६५ निर्वाचनमा रवि सबैभन्दा फराकिलो मतान्तरले जित्न सफल भएका थिए । यसपट यो मतान्तरलाई उनले बढाउने भएका छन् । 

उनले चितवन २ मा कांग्रेसका जीतनारायण श्रेष्ठविरुद्ध ४१ हजारको अग्रता लिइसकेका छन् ।

रविले यसपटक यस अघिको भन्दा बढी मत र यस अघिको भन्दा पनि फराकिलो मतान्तरले जित्दै आफ्ना दुवै रेकर्ड आफैंले ब्रेक गर्ने पक्का भएको हो । 

उपनिर्वाचनमा कम मत खस्दा पनि रविले बढी मत ल्याएर आफ्नै रेकर्ड ब्रेक गरेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्