२८ असार २०८३, आइतबार
निरा हत्या प्रकरण

निरा हत्याकाण्ड : आरोपीको बयान– सुन लुट्दा प्रतिकार गरेपछि हत्या गरें

बैशाख १७, २०८०
निरा हत्याकाण्ड : आरोपीको बयान– सुन लुट्दा प्रतिकार गरेपछि हत्या गरें

चाबहिलको सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी निरा आचार्यको हत्या अभियोगमा पक्राउ परेका विनोद विकले सुनको सिक्री लुट्ने क्रममा प्रतिकार गरेपछि हत्या गरेको बयान दिएका छन् ।

शनिवार झापामा पक्राउ परेका विकले सुन लुट्ने क्रममा निराले प्रतिकार गरेपछि हत्या गरेको बयान दिएका हुन् । 

‘सुन र पैसा लुट्ने क्रममा प्रतिकार भएपछि हत्या गरेको हुँ भन्ने बयान दिएको छ । हत्या गर्न पसलकै चक्कु प्रयोग गरेको उसले बताएको छ,’ प्रहरी स्रोतले लोकान्तरसँग भन्यो । 

झापाबाट पक्राउ गरेर ल्याइएका विकलाई केन्द्रीय अनुसन्धान ब्यूरोले अहिले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।

अनुसन्धानका क्रममा प्रहरीले एउटा रेस्टुरेन्टमा रगतले लतपतिएको झोला फेला पारेको थियो ।

हत्या गर्नुअघि विक मनोहरा पुलबाट पठाओ चढेर चाबहिल गएको प्रहरी अनुसन्धानले देखाएको छ ।

वैशाख ७ गते मातातीर्थ औँसीको दिन पसलमै रहेको समयमा निराको हत्या भएको थियो ।

हत्यारा सार्वजनिक गर्न माग गर्दै उनका आफन्तले सरस्वतीनगर क्षेत्रमा दैनिक आन्दोलन गरिरहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्