२९ असार २०८३, सोमबार
नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुर रायमाझी काठमाडौँबाटै पक्राउ

बैशाख ३१, २०८०
टोपबहादुर रायमाझी काठमाडौँबाटै पक्राउ

नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका उनलाई प्रहरीले आइतबार काठमाडौँबाटै पक्राउ गरेको हो । प्रहरी स्रोतले उनी काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ परेको पुष्टि गर्‍यो । 

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले उनीविरुद्ध वैशाख २० मा पक्राउ पुर्जी (वारेन्ट) जारी गरेको थियो । त्यससता फरार रहँदै आएका उनलाई आइतबार भने प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनी भारत भागेको आशंका गरिएपनि काठमाडौँमै भेटिएका हुन् । 

वैशाख २० मै प्रहरीले उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुजी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएकै दिन सन्दीप पक्राउ परेपनि टोपबहादुर भने प्रहरीलाई छल्दै फरार भएका थिए । 
एमालेले सुरुमा उनको बचाउ गरेको थियो  । तर,  चौतर्फी दवाव भएपछि वैशाख २७ मा पार्टीले निलम्बन गरेको थियो । त्यसको अघिल्लो दिन प्रहरीेले उनको ललितपुरस्थित घरमा खानतलासी समेत गरेको थियो । खानतलासी गरेपनि प्रहरीले उनलाई फेला पार्न सकेको थिएन ।
यस प्रकरणमा यसअघि नै पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सरकारका सचिव टेकनारायण पाण्डेसहित १२ जना पक्राउ परिसकेका छन् । उच्च राजनीतिक नेतृत्व मुछिएको यो प्रकरणमा सरकारले कसैलाई नछाड्ने बताउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्