जेठ १५, २०८०
निर्माणाधीन बुटवल–नारायणगढ सडक आगामी आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमवार संसद्मा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सडकका लागि आवश्...
बुटवलमा प्रथम राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ ।
सम्मेलन यही जेठ ६ र ७ गते बुटवलस्थित मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा हुने सम्मेलन आयोजक समितिका संयोजक खेमप्रसाद लुइटेलले जानकारी दिए । पार्कहरूले भोग्नुपरेका कानूनी जटिलता र नीतिगत समस्या पहिचान र समाधानमा साझा पहल गर्न राष्ट्रिय पार्क सम्मेलन आयोजना गरिएको हो ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक लुइटेलले हालसम्म नेपालमा पार्कसम्बन्धी कुनै कानून, नियमावली नहुँदा जुनुसुकै क्षेत्रबाट सञ्चालित पार्कहरूको विकास र संरक्षणमा समस्या देखिएको बताए । यसको नीतिगत तहमा समाधान खोज्न सम्मेलन आयोजना गरिएको उनले जानकारी दिए ।
राष्ट्रिय पार्क सम्मेलन आयोजक समितिका संयोजकसमेत रहेका लुईटेलले सम्मेलनमा देशभरका करिब १५० पार्कका ३ सय जना प्रतिनिधिहरू सहभागी हुने र पार्कहरूको राष्ट्रिय नेतृत्व चयन गर्ने बताए ।
देशको समृद्धिमा पर्यटन अभिन्न पाटो भएकाले पर्यटनको आधार स्तम्भ पार्क सञ्चालन गर्दा आइपर्ने समस्यालाई कानूनी र नीतिगतरूपमा सम्बोधनका लागि सम्मेलनले राजयका सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उनको विश्वास छ ।
सम्मेलनमा संविधानविद् काशीराज दाहाल र पत्रकार डिआर घिमिरेले कार्यपत्र पेस गर्ने र त्यसमाथि छलफल हुने अध्यक्ष लुइटेलले बताए ।
शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) का अध्यक्ष बेलप्रसाद शर्माले पर्यटन, वातावरण संरक्षण, मानव स्वास्थ्य र ठाउँको सौन्दर्यताका लागि पार्कहरूको ठूलो भूमिका र योगदान भए पनि हालसम्म राज्यले कानूनी र नीतिगत रुपमा सम्बोधन नगरेको हुँदा आवश्यक कानून र नीति निर्माणमा सम्मेलनले दबाब दिने बताए ।
धेरैजसो पार्कहरू वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेलाबेलामा वनसँग हुने विवाद र द्वन्द्व अन्त्यका लागि स्पष्ट कानून बनाउन राज्यको ध्यानाकर्षण गराउन सम्मेलनले भूमिका खेल्ने अध्यक्ष शर्माले बताए ।
दुई दिनसम्म चल्ने सम्मेलनमा करिब ३० लाख खर्च हुने आयोजकले जनाएको छ । सम्मेलनले नेपाल पार्क महासंघ गठन गरी बुटवल घोषणापत्र समेत जारी गर्ने सम्मेलनका सदस्य सचिव एवं मणिमकुन्द सेन उद्यानका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवालले जानकारी दिए ।
मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फूलबारी) र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को व्यवस्थापन सम्मेलन हुन लागेको हो ।
निर्माणाधीन बुटवल–नारायणगढ सडक आगामी आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमवार संसद्मा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सडकका लागि आवश्...
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सेवाको गुणस्तर अभिवृद्धिमा कटिवद्ध हुन निर्देशन दिएका छन् । ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू...
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकको अर्थतन्त्रका समस्यालाई देख्न नसकेको प्रतिक्रिया दिएका छन् । सङ्घीय संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, &l...
बागलुङस्थित बलेवा विमानस्थल कालोपत्रसहित रङरोगन गरेर चिटिक्क परेको एक वर्ष बढी भयो । धावनमार्ग कच्ची हुँदा सञ्चालन हुन नसकेको विमानस्थल कालेपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन । विसं २...
कम कर निर्धारण गरी राजस्व चुहावट गरेको सम्बन्धी मुद्दामा कर फर्छ्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत तथा सदस्यहरू उमेशप्रसाद ढकाल र चुडामणि शर्मा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त ...
नेपाली सेनाले बुटवलस्थित मध्यपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुरू गरेको छ । रक्षा सम्बद्ध संचारकर्मीहरूलाई सेनाको सांगठनिक स्वरूप, कार्यसञ्चालन प्रक्रियालगायतका विषयमा जानकारी गराउने उद्देश्य...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...