२८ असार २०८३, आइतबार
नक्कली शरणार्थी प्रकरण

सिंहदरबारबाटै पक्राउ परेका हुन् शमशेर मियाँ, ठगीमा 'कनेक्सन' टोपबहादुरसँग !

सिंहदरबारबाटै पक्राउ परेका हुन् शमशेर मियाँ, ठगीमा 'कनेक्सन' टोपबहादुरसँग !

नक्कली शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।

ठगीको पैसा ओसारपसारसहितको कामका लागि मियाँले चढ्ने गाडी प्रयोग हुँदै आएको तथ्य फेला परेको थियो ।

उक्त प्रकरणमा मियाँको पनि संलग्नता पाइएपछि बिहीवार सिंहदरबारस्थित ऊर्जा मन्त्रालयबाट पक्राउ गरिएको गृह मन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दियो ।

हज समितिको कार्यालय पहिले गृह मन्त्रालय रहेको भवनमा छ ।​ 

उनले चढ्ने गाडी भने यसअघि नै प्रहरीले नियन्त्रणमा लिइसकेको थियो ।

विशेष गरी पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग मियाँको 'कनेक्सन' देखिएको प्रहरी स्रोतको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्