जेठ १८, २०८०
तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनी सतलज विद्युत निगमले नै निर्माण गर्ने भएको छ । निगमले अरुण तेस्रो जलविद्युत आयोजना निर्माण पनि गरिरहेको छ । आयोजना विकाससम्बन्धी द्विपक्षीय सम्झौतामा आज हस्ताक्षर भएको छ ।&...
पाल्पाको रामपुरमा महिन्द्रा कम्पनीको गाडीको शोरुम सञ्चालनमा आएको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बुधवार विधिवत रुपमा ३२औं शोरुमको उद्घाटन गरेका छन् ।
रामपुर अटो भिलेजका सञ्चालक गणेशप्रसाद रेग्मी र कुलमणी रेग्मीले शहरीकरणतर्फ उन्मुख हुँदै गरेको रामपुर नगरपालिकामा महिन्द्रा कम्पनीको नयाँ शोरुम सञ्चालनमा ल्याएका हुन् ।
शोरुम उद्घाटनको शुभारम्भ गर्दै नगर प्रमुख थापाले अहिलेको अवस्थामा महिन्द्रा कम्पनीको गाडीको माग बढ्दो रहेको हुँदा रामपुरमा शोरुम खुल्नु नै यस क्षेत्रको लागि खुशीको कुरा रहेको बताए ।
पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपुर (नवलपरासी पूर्व) को केन्द्रका रुपमा रहेको रामपुरमा महिन्द्राको शोरुम खुलेपछि सवारी साधन खरिद गर्न सहज हुने भन्दै नगर प्रमुख थापाले ग्रामीण क्षेत्रमा यस कम्पनीबाट बनेका सवारी साधनको प्रयोग बढ्दै गएको बताए ।
अग्नी इन कर्पोरेट प्राइभेट लिमिटेड कम्पनीका लागि डेपुटी डाइरेक्टर वरदान बस्नेतले भरपर्दो र विश्वासिलो आरामदायी यात्राका लागि अहिले महिन्द्राका गाडी गाउँगाउँमा पुगेको बताए ।
उनले रामपुरको बजार अवस्थालाई मध्यनजर गर्दै ३२ औं शाखा विस्तार गरेको जानकारी दिए । रामपुर ५ बेझाड बजार बाङ्गेपसल जाने रोडमा शोरुम शुभारम्भ गरिएको हो ।
विगत पाँच वर्ष अगाडिदेखि रामपुरमा महिन्द्रा कम्पनीमार्फत रामपुर अटो भिलेजले सर्भिस तथा स्प्रेयर पार्टसलगायतका विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ ।
रामपुर अटो भिलेजका सञ्चालक चिरञ्जीवी सिग्देलले सञ्चालन गरेको शोरुम उद्घाटन कार्यक्रम रामपुर अटो भिलेजका सञ्चालक कुलमणी रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनी सतलज विद्युत निगमले नै निर्माण गर्ने भएको छ । निगमले अरुण तेस्रो जलविद्युत आयोजना निर्माण पनि गरिरहेको छ । आयोजना विकाससम्बन्धी द्विपक्षीय सम्झौतामा आज हस्ताक्षर भएको छ ।&...
एनआईसी एशिया बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पससँग भुक्तानी सम्झौता गरेको छ । सम्झौता भएसँगै यी क्याम्पसका विद्यार्थीहरूले शैक्षिक शुल्क बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सक्ने भएका छन् । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३८ दशमलव ८३ अङ्कले घटेको छ । बुधवार दुई दशमलव ०६ प्रतिशतले घटेर नेप्से परिसूचक एक हजार आठ सय ४९ दशमलव ७९ अङ्कमा पुगेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएप...
औचित्य सकिएका २० वटा संस्था खारेज गर्ने सरकारको निर्णयले एउटै संस्थाका १० हजार कर्मचारीको रोजगारी गुम्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यबाट सरकारको स्थायी संरचनासँग दोहोरो कार्यक्षेत्र परेक...
नेपाल बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन प्रालिबीच भुक्तानी सम्झौता भएको छ । डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौतामा बैंकका वरिष्ठ प्रवन्धक संजिव जोशी र फोकसवान पेमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय...
नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३२ रु...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...