
पाल्पाको रामपुरमा महिन्द्रा कम्पनीको गाडीको शोरुम सञ्चालनमा आएको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बुधवार विधिवत रुपमा ३२औं शोरुमको उद्घाटन गरेका छन् ।
रामपुर अटो भिलेजका सञ्चालक गणेशप्रसाद रेग्मी र कुलमणी रेग्मीले शहरीकरणतर्फ उन्मुख हुँदै गरेको रामपुर नगरपालिकामा महिन्द्रा कम्पनीको नयाँ शोरुम सञ्चालनमा ल्याएका हुन् ।
शोरुम उद्घाटनको शुभारम्भ गर्दै नगर प्रमुख थापाले अहिलेको अवस्थामा महिन्द्रा कम्पनीको गाडीको माग बढ्दो रहेको हुँदा रामपुरमा शोरुम खुल्नु नै यस क्षेत्रको लागि खुशीको कुरा रहेको बताए ।
पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपुर (नवलपरासी पूर्व) को केन्द्रका रुपमा रहेको रामपुरमा महिन्द्राको शोरुम खुलेपछि सवारी साधन खरिद गर्न सहज हुने भन्दै नगर प्रमुख थापाले ग्रामीण क्षेत्रमा यस कम्पनीबाट बनेका सवारी साधनको प्रयोग बढ्दै गएको बताए ।

अग्नी इन कर्पोरेट प्राइभेट लिमिटेड कम्पनीका लागि डेपुटी डाइरेक्टर वरदान बस्नेतले भरपर्दो र विश्वासिलो आरामदायी यात्राका लागि अहिले महिन्द्राका गाडी गाउँगाउँमा पुगेको बताए ।
उनले रामपुरको बजार अवस्थालाई मध्यनजर गर्दै ३२ औं शाखा विस्तार गरेको जानकारी दिए । रामपुर ५ बेझाड बजार बाङ्गेपसल जाने रोडमा शोरुम शुभारम्भ गरिएको हो ।
विगत पाँच वर्ष अगाडिदेखि रामपुरमा महिन्द्रा कम्पनीमार्फत रामपुर अटो भिलेजले सर्भिस तथा स्प्रेयर पार्टसलगायतका विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ ।
रामपुर अटो भिलेजका सञ्चालक चिरञ्जीवी सिग्देलले सञ्चालन गरेको शोरुम उद्घाटन कार्यक्रम रामपुर अटो भिलेजका सञ्चालक कुलमणी रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।