
आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले बिगमार्ट चितवनसँगको सहकार्यमा नयाँ अफर सार्वजनिक गरेको छ ।
‘ह्यापी शपिङ याट् बिगमार्ट’ नामक अफरको पहिलो चरण अन्तर्गत ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्नेछन् । जेठ महिना भरि बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा ‘आइएमई पे’को स्मार्ट क्युआर स्क्यानमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुने आइएमईले जनाएको छ ।
आइएमईका ग्राहकले प्रत्येक कारोबारमा रु १०० सम्म छुट पाउन सक्ने छन् र सो छुट प्रत्येक ग्राहकले अफर अवधि भरि ५ पटकसम्म प्राप्त गर्न सक्ने छन् ।
अफरको दोश्रो चरण अन्तर्गत असार १ देखि साउन ३२ गतेसम्म रहने छ ।
सो अवधिमा ‘आइएमई पे’ले चितवन बिगमार्टमा राखिने एक्टिभेसन बुथमा ‘आइएमई पे’को खाता सुचारु गर्नका साथै ग्राहक वर्गलाई विभिन्न किसिमका गेमहरू खेल्ने सुविधा प्रदान गर्नेछ । साथै आकर्षक उपहारहरू पनि प्रदान गरिने आइएमईले जनाएको छ ।